राष्ट्रिय

परराष्ट्रमन्त्री आरजु राणाको भारत भ्रमणः द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने उद्देश्य।

Samayapati

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज छिमेकी मित्र राष्ट्र भारतको चार दिने औपचारिक भ्रमणका लागि जाने भएकी छन।

भारतीय समकक्षी डा. एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उक्त भ्रमण तय भएको हो।

भ्रमणका क्रममा मन्त्री राणाले भारतीय समकक्षीसँग नेपाल–भारतबीचको आपसी हित, सम्बन्धको थप सुदृढीकरण र सहकार्यको प्रबर्द्धनबारे छलफल गर्ने कार्यक्रम रहेको छ। नेपाल र भारतबीच नियमित रूपमा हुँदै आएका उच्चस्तरीय भ्रमणहरूले पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक रूपमा प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ।

परराष्ट्रमन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्किने छन्।


प्रकाशित मिति: आइतवार, भदौ २, २०८१, १२:५१:००
प्रतिक्रिया दिनुहोस्