राष्ट्रिय

सामाजिक संजालमा चर्चित शोभा पाठक पक्राउ !

Samayapati

सामाजिक  संजालमा चर्चित रहेकी शोभा पाठक पक्राउ परेकी छन । प्रहरीको साइबर बिउरो ले सोमबार ललितपुरको पुलचोकबाट पक्राउ गरेको हो।

सामाजिक संजाल मार्फत विभिन्न ब्यक्तिहरुको चरीत्र हत्या गरेको भन्दै एक जना महिलाले उजुरी दिएपछि उनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

धादिङकोज्वालामुखी गाउँपालिका ४ घर भएकी ३१ बर्षिया पाठकको बास्ताबिक नाम जानुका पाठक रहेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार शोभा पाठकले आर्थिक लोभमा परेर विभिन्न ब्यक्तिहरु संग सम्बन्ध जोड्ने र बल्याकमेल गर्ने गरेको उजुरीमा उल्लेख छ। उनीले विभिन्न ब्यापारी , राजनैनिक दलका नेता तथा सुरक्षाकर्मी सहितका विशिष्ट ब्यक्तिहरु संगको सम्बन्ध सार्बजनिक गर्दै आएको पाइएको छ।

पाठकले पुर्बमन्त्री महेश बस्नेत बिरुद्ध बलात्कार र भ्रुणहत्या को जाहेरी दिएकी थिइन तर जिल्ला सहकारी वकिल कार्यालय काठमाडौले बस्नेत विरुद्ध मुद्दा नचल्ने निर्णय गरेको छ । यो निर्णयलाई पाठकले उच्च अदालत पाटनमा निवेदन दिएकी छन ।


प्रकाशित मिति: सोमवार, असार ४, २०८१, ०७:५७:००
प्रतिक्रिया दिनुहोस्