सरस्वती पुजा तथा सम्मान कार्यक्रम सम्पन्न
राष्ट्रिय
त्रिभुवन विश्वविद्यालयमा थेसिस बुुझाउन बाँकी विद्यार्थीहरुलाई अन्तिम मौका
२०५८ सालपछि भर्ना भइ थेसिस, टर्मपेपर, प्रोजेक्ट रिपोर्ट, इन्टर्नसीप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पूरा गर्न बाँकी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले एक पटकका लागि मौका दिने भएको छ ।
त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले वार्षिक परीक्षा अन्तर्गत २०५८ मा अथवा त्यसभन्दा पछि भर्ना भइ सैद्धान्तिक परीक्षा पास गरेका तर थेसिसलगायतका प्रोजेक्ट रिपोर्ट र शिक्षण अभ्यास पूरा गर्न बाँकी विद्यार्थीलाई एक पटकका लागि मौका दिने निर्णय गरेको हो ।
समेष्टेर प्रणाली अन्तर्गत २०६८ सालमा भर्ना भइ समय सीमा काटेकालाई आउँदो असार मसान्तभित्र सम्बन्धित क्याम्पस र विभागमा बुझाइ भाईभा समेत गर्ने गरी एक पटकको लागि अवसर दिने निर्णय भएको त्रिविको प्राज्ञिक परिषद् कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार एमफिल तहमा २०६८ सालमा भर्ना भइ समय सीमा काटेकालाई पनि एक पटकको लागि मौका दिने निर्णय भएको छ ।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!