बालविद्या सेकेन्डरी स्कुलमा कक्षा १२ का विद्यार्थीलाई बिदाइ, नवप्रतिभालाई सम्मान!
स्थानीय
बालविद्या सेकेन्डरी स्कुलमा कक्षा १२ का विद्यार्थीलाई बिदाइ, नवप्रतिभालाई सम्मान!

कोहलपुर नगरपालिका–६ मा रहेको बालविद्या सेकेन्डरी स्कुलले आज कक्षा १२ मा अध्ययनरत विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीहरूलाई बिदाइ तथा शुभकामना दिने कार्यक्रम भब्यरुपले सम्पन्न गरेको छ।
‘शिक्षा मात्र होइन, संस्कार पनि होस्’ भन्ने भावनाका साथ आयोजित कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरू आयोजक रहेका हुन।
कार्यक्रमका अध्यक्ष कक्षा ११ का विद्यार्थी सुभास विकको अध्यक्षतामा प्रमुख अतिथि विद्यालय व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष पदम बहादुर खड्काले ब्यानर पढेर कार्यक्रमकोउद्घाटन गरेका थिए। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि खड्काले बिध्यार्थीको सर्वाङ्गिन विकासका लागि गुणस्तरीय शिक्षासँगै जीवनोपयोगी संस्कारको आवश्यकता रहेको धारणा व्यक्त गरे। उनीले आगामी जीवनका प्रत्येक मोडमा अनुशासन, इमानदारी र आत्मविश्वासको भूमिका निर्णायक हुने उल्लेख गर्दै शिक्षा संस्था केवल पाठशाला होइन, जीवन निर्माणको आधारशिला हुने बताए।
विशिष्ट अतिथि सोही बिद्यालयका पृन्सिपल गोबिन्द्र सुवेदीले विद्यालयमा अध्ययनरत विद्यार्थीको प्रगति, अनुशासन र संस्कारप्रतिको प्रतिबद्धता शिक्षालयको गौरव भएको बताउँदै बिदाइमा भावुक भए पनि नयाँ यात्राको सुरुवातमा विद्यार्थीहरू सफल भएको र आउदा दिनहरुमा अझ उन्नति प्रगतिको शुभकामना व्यक्त गरेका थिए।
विद्यालयमा हाल ४१४ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिइएको कार्यक्रममा, विदा हुँदै गरेका कक्षा १२ का विद्यार्थीहरूलाई सम्मानस्वरूप प्रमाणपत्र तथा नगद पुरस्कारसहित बिदाइ गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले नृत्य कविता, गीत, नाटक लगायतका प्रस्तुतीमार्फत आफ्नो अनुभव र कृतज्ञता प्रकट गरेका थिए। केहीले विद्यालयको सम्झनालाई मनभित्र राख्दै नयाँ गन्तव्यतर्फ अग्रसर हुने अठोट व्यक्त गरे।
कार्यक्रमको विशेष आकर्षणको रूपमा कान्तिपुर इन्टरनेसनल कलेजको सहकार्यमा आयोजना गरिएको निबन्ध प्रतियोगितामा उत्कृष्ठ हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो। व्यवस्थापन संकायतर्फ पूजा श्रेष्ठले प्रथम स्थान हासिल गर्दै नगद रु ३००० प्राप्त गरिन्। कृष्णबहादुर थापा द्वितीय र सन्दीप ज्ञवाली तृतीय स्थानमा रहे। त्यसैगरी, विज्ञान संकायतर्फ प्रीतम पोखरेल प्रथम (रु ३०००), पारस जैसी द्वितीय (रु २०००) र दृष्टि चौधरी तृतीय (रु १०००) स्थानमा रही पुरस्कृत भए।
कार्यक्रममा विशिष्ट अतिथि उमेश कुमार चौधरीले पनि आफ्ना धारणा राखेका थिए।साथै अतिथिहरु रघुनाथ चौधरी, शिशिर कुमार अधिकारी, एम. नारायण धिताल, टेकबहादुर केसी, वीर भान केसी, शोभाखर अधिकारी, मित्रलाल ओली, पंकज खड्का, विराज गैरे, असिमजंग शाह, राजु अधिकारी, शान्तिदेवी आचार्य, कृष्ण थापा, रमेश कुमार यादव भिम बहादुर भण्डारी राधिका शाही , तुलसी शाही, मोतिप्रसाद देबकोटा, प्रमोद सुवेदी ,बृहस्पति खनाल , त्रिलोक्य बिक्रम सुवेदी , डिल्ली बि क , दिलिप चन्द , संगम कडेल चन्द्र श्रेष्ठ , बिक्की गुभाजु , बिक्रम डाङ्गी लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक र विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा सबैको संयुक्त प्रयासले भावनात्मक र प्रेरणादायी वातावरण सिर्जना भएको थियो। साथै कार्यक्रमलाई अझ उत्साह र उमंग दिने हेतुले कुशल कार्यक्रम संचालक मित्रलाल वलीले गरेका थिए भने अन्त्यमा, कार्यक्रमका अध्यक्ष सुभास विकले अतिथि, अभिभावक, विद्यालय प्रशासन र सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए। उनीले बिदाइमा बिछोडको भाव रहे पनि नयाँ यात्रा तर्फको उत्साह र सम्भावनालाई आत्मसात् गर्न विद्यार्थीहरूलाई प्रेरित गरेका थिए।
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!