सरस्वती पुजा तथा सम्मान कार्यक्रम सम्पन्न
स्थानीय
सरस्वती पुजा तथा सम्मान कार्यक्रम सम्पन्न
बाँकेको कोहलपुर नगरपालिका वडा न. १५ चन्नहवा स्थित श्री नेपाल राष्ट्रिय आधारभुत विधालयले माघ शुक्ल पञ्चमीका दिन विधाकी देवि सस्वतीको पुजा आराधाना र विधालयमा योगदान पु«राएका ३ जना शिक्षक शिक्षकहरुलाई सम्मान गरि मनाएको छ ।
सरस्वती पुजा तथा सम्मान कार्यक्रम मा कोहलपुर नगरपालिका वडा न. १५का वडा अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि दिपेन्द्र थारुले कोहलपुर नगरपालिकाले शिक्षामा सबै भन्दा लगानी गरेको छ । शिक्षा नै ठुलो धन हो । हामी वडा अध्यक्ष निर्बाचित हुदै गर्दा यस विधालय टिनको छाना गरेको भवन थिए हामी निर्वाचित भैसके पछि ८ कोठे पक्की भवन निमार्ण , विधालयको ब्राउण्डरी लगायतका संरचना निमार्ण गरेका छौ । अझै पनि हामी भन्दा यस विधालयका अभिभावक जागरुक संचेत हुनु पर्ने बताए । यहाका अभिभावक जागरुक संचेत भए मात्र यस विधालयको शैक्षिक गुणस्तर माथि उठने र विधार्थीको भविष्य पनि उज्जवल हुने बताए ।
विधालय शैक्षिक गुणस्तर सुधार गर्ने शिक्षक पुव प्र.अ. माधव प्रशाद यादव शिक्षिका दुर्गा कुमारी घर्ति मगर शिक्षक अम्मरसिंह थारु लाई दोसला र कदरपत्रले सम्मान गरिएको थियो । विधालयमा विधार्थीहरुले नृत्य समेत प्रस्तृत गरेका थिए ।
कार्यक्रम विधालय व्यवस्थापन समितिका अध्यक्ष सिता राम थारुको सभापतित्वमा सम्पन्न कार्यक्रम कोहलपुर नगरपालिका नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमाल , कोहलपुर नगरपालिका वडा न. १५का वडा सदस्य शन्त कुमार थारु निवर्तमान विधालय व्यवस्थापन समितिका अध्यक्ष लौटन थारु शिक्षक अभिभावक अध्यक्ष राजेश चौधरी , विधालयका प्र.अ. भोजेन्द्र बुढाथोकी लगायतको उपस्थितीमा सम्पन्न भएको थियो ।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!