कोहलपुरमा माघ १६ गते देखि ८ औ मेयर कप र १७औ राष्ट्रपति रनिङ शिल्ड २०८१ सुरु हुने, प्रतिस्पर्धी खेलकुदको महाकुम्भ सुरु हुँने पक्का!
स्थानीय
कोहलपुरमा माघ १६ गते देखि ८ औ मेयर कप र १७औ राष्ट्रपति रनिङ शिल्ड २०८१ सुरु हुने, प्रतिस्पर्धी खेलकुदको महाकुम्भ सुरु हुँने पक्का!
कोहलपुरमा ८ औ मेयर कप र १७ औ राष्ट्रपति रनिङसिल्ड तथा खेलकुद छनोट प्रतियोगिता २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ।
उक्त प्रतियोगिता माघ १६ देखि १९ गतेसम्म कोहलपुर नगरपालिकाको आयोजनामा सञ्चालन हुने भएको हो।
प्रतियोगिता कोहलपुर नगरप्रमुख पर्णप्रसाद आचार्यको प्रमुख अतिथ्यतामा हुनेछ। आयोजनाको तयारीलाई ध्यानमा राख्दै नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र क्षेत्रीले आज पत्रकार सम्मेलनमा प्रतियोगिताको बारेमा जानकारी दिएका छन्। उनले कोहलपुर नगरपालिका र नगर खेलकुद विकास समितिको साझा प्रयासले प्रतियोगिता सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए।
पत्रकार सम्मेलनमा विशिष्ट अतिथि कोहलपुर नगरपालिका सामाजिक विकास शाखाका संयोजक ईश्वर प्रसाद विश्वकर्मा, क्रीसा बाँकेका अध्यक्ष बेगम चन्द सदस्य सचिव कृष्णा माविका प्रधानाध्यापक दिलिप ओली सदस्य सचिव नगर खेलकुद बिकास समितिका अध्यक्ष चक्र क्षेत्रीको उपस्थितिमा कार्यक्रमका बारेमा विवरण प्रस्तुत गरिएको थियो ।
यस प्रतियोगितामा सहभागी ४० वटा सामुदायिक र संस्थागत विद्यालयका २,१६७ खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। २०२१ को खेलकुद प्रतियोगिता विभिन्न खेल विधामा आधारित हुनेछ, जसमा एथलेटिक्स, भलिबल, कपडी र मार्सल आर्ट्स समावेश छन्। यस प्रतियोगितामा ६७३ खेलाडी मावि (माध्यमिक विद्यालय) बाट र ५१५ खेलाडी आधारभूत विद्यालयबाट सहभागी हुनेछन्। एथलेटिक्समा ४२२ छात्र र २५१ छात्रा सहित जम्मा ६७३ खेलाडी प्रतिस्पर्धा गर्नेछन्। भलिबल प्रतियोगितामा मावि तर्फ २२ वटा टिम र आधारभूत विद्यालयतर्फ २३ टिम सहभागी हुनेछन्।
कपडी प्रतियोगितामा २५ टिमका २१७ खेलाडी र मार्सल आर्ट्समा ९०४ खेलाडी मावि तर्फ र ७०३ खेलाडी आधारभूत विद्यालयतर्फ सहभागी हुनेछन्। प्रतियोगिता विभिन्न पुरस्कार राशीसहित हुनेछ। मावि तर्फ प्रथम पुरस्कार ७५ हजार, दोस्रो पुरस्कार ६५ हजार र तृतीय पुरस्कार ५५ हजार रहेको छ भने उत्कृष्ट खेलाडीलाई ५५ हजार राशीको पुरस्कार प्रदान गरिनेछ।
आधारभूत विद्यालय तर्फ भने प्रथम पुरस्कार २५ हजार, द्वितीय २० हजार र तृतीयलाई १५ हजारका पुरस्कार वितरण गरिनेछ। यस प्रतियोगिता कार्यक्रममा सहभागी विद्यार्थीलाई खेलकुदको महत्त्व र भविष्यको मार्गदर्शन गर्ने अवसर प्राप्त हुनेछ। कोहलपुर नगरपालिकाले यस प्रतियोगिता आयोजना गर्दै क्षेत्रीय खेलकुदको स्तरलाई माथि उठाउने लक्ष्य राखेको छ।
नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र क्षेत्रीले पत्रकार सम्मेलनमा प्रतियोगिता स्थानीय समुदायका लागि मात्र नभएर सम्पूर्ण जिल्लाका खेलाडीहरूको क्षमता प्रर्दशन गर्ने महत्त्वपूर्ण अवसर भएको बताए। कार्यक्रममा सहभागी भएका अतिथिहरुले प्रतिस्पर्धी भावना र सहकार्यको महत्त्वलाई जोड दिएका छन्।
कोहलपुर नगरपालिका सामाजिक विकास शाखाका संयोजक ईश्वर प्रसाद विश्वकर्माले खेलकुदको माध्यमबाट शारीरिक र मानसिक स्वास्थ्यलाई बलियो बनाउने कुरा उल्लेख गरेका छन्। उनले भने, "यस प्रकारका प्रतियोगिताले युवा पिढीलाई खेलकुदतर्फ आकर्षित गर्न मद्दत पुर्याउने छ र यसले स्वस्थ समाजको निर्माणमा योगदान पुर्याउँछ।
"पत्रकार सम्मेलनमा सदस्य सचिव कृष्णा मावि प्रधानाध्यापक दिलिप ओलीले प्रतियोगिताको व्यवस्थापनमा कडाइका साथ काम भइरहेको र सबै विद्यालयका खेलकुद शिक्षक र विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको बताए। उनले यस प्रतियोगिताले स्थानीय विद्यालय र खेलकुदका क्षेत्रमा ठूलो उत्साह र नयाँ परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। यस प्रतियोगितामा पुरस्कार वितरण प्रणाली र खेलाडीहरूको उत्साहलाई अझ बलियो बनाउन विशेष ध्यान दिइएको छ।
पुरस्कारको व्यवस्था पनि खेलाडीहरूको प्रेरणा बढाउनका लागि उचित गरिएको छ। नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र क्षेत्रीले प्रतियोगिता सम्पन्न गर्नका लागि सबै तयारी पूरा भएको र आगामी दिनमा यो प्रतिस्पर्धा उत्कृष्ट हुनेछ भन्ने आशा व्यक्त गरे। यस प्रतिस्पर्धामा २,१६७ खेलाडीहरूको सहभागिता, उत्कृष्ट खेलकुदको प्रदर्शन र खेलका विधामा प्रतिस्पर्धा गर्दै कोहलपुर क्षेत्रको सामाजिक र सांस्कृतिक जीवनलाई थप उत्साहजनक बनाउने लक्ष्य रहेको छ। यो प्रतियोगिताले कोहलपुर नगरपालिकामा खेलकुदको महत्त्व र युवापिढीको योगदानलाई सम्मान गर्ने एउटा उत्तम अवसर हुने देखिन्छ।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!