स्थानीय

"कोहलपुरको पुरानो बसपार्कमा नयाँ यातायात कार्यालयको उद्घाटन , सेवा सुधार र विकासको नयाँ दिशा"

Samayapati

कोहलपुर नगरपालिकाको पुरानो बसपार्कमा भब्यरुपमा यातायात व्यवस्था कार्यालयको शाखा कार्यालयको उद्घाटन गरिएको छ।

यस कार्यालयको स्थानान्तरणको लागी कोहलपुर  राप्ती सोनारीका केही भागहरू र बैजनाथका जनतालाई यातायात सेवामा सहजता र सुलभता प्रदान गर्नु र जनतालाई यातायात सेवा सम्बन्धी आवश्यक कार्यहरूको सुगम सेवा पुर्‍याउन यस कार्यालयको  प्रभावकारी कार्यान्वयनका साथै नागरिकहरूको सेवामा सुधार ल्याउने लक्ष्य राखिएको हो।

 आजको कार्यक्रमका अध्यक्ष  यातायात व्यवस्था कार्यालय नेपालगञ्जका प्रमुख लोकबहादुर सुनारको अध्यक्षतामा  प्रमुख अतिथि लुम्बिनी प्रदेश उद्योग पर्यटन र यातायात   मन्त्री प्रचण्ड विक्रम न्यौपानेले पानसमा बत्ती बालेर र रिबन काटेर उद्घाटन गरेका थिए।

उद्घाटन सत्रमा सम्बोधन गर्दै भने, "कोहलपुरको यातायात व्यवस्था कार्यालयको शाखा उद्घाटन गर्न पाउँदा म अत्यन्त खुशी छु। यस कार्यालयको स्थापना यस क्षेत्रका जनतालाई सजिलो यातायात सेवा उपलब्ध गराउने महत्त्वपूर्ण कदम हो। यसले स्थानीय स्तरमा प्रशासनिक सेवामा सुधार ल्याउनेछ र यहाँका नागरिकहरूको यात्रामा सहजता पुर्‍याउनेछ। " मन्त्री न्यौपानेले थपे, "हामी लुम्बिनी प्रदेशको विकासका लागि प्रतिबद्ध छौं र यातायात सेवामा सुधार ल्याउनु हाम्रो प्राथमिकता हो। यस कार्यालयको शाखाले जनतालाई सस्तो र छिटो सेवा प्रदान गर्नेछ, जसले यहाँका सामाजिक र आर्थिक गतिविधिहरूमा सुधार ल्याउने छ।

" विशिष्ट अतिथिहरूको उपस्थित  लुम्बिनी प्रदेशका माननीय दुर्गाप्रसाद चौधरी, माननीय कृष्ण केसी, नमुना सन्जुकुमारी थारु र माननीय बसन्त अधिकारीले पनि कार्यक्रममा सम्बोधन गरे। माननीय दुर्गाप्रसाद चौधरीले यस कदमको स्वागत गर्दै भने, "कोहलपुरका जनताका लागि यस कार्यालयको शाखा खुल्नु ठूलो उपलब्धि हो। यसले यहाँका नागरिकलाई सरकारी सेवामा सहजता पुर्‍याउनेछ।" माननीय कृष्ण केसी नमुना र बसन्ती अधिकारीले  "यस कार्यालयको उद्घाटनले यहाँका जनतालाई यातायात सम्बन्धी सेवामा ठूलो सुधार ल्याउनेछ र यस क्षेत्रको समृद्धिमा योगदान पुर्याउने आफ्नो।मन्तव्यमा उल्लेख गरेकी छन ।

अन्य अतिथिहरूको सहभागिता कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले पनि आफ्ना धारण राख्दै भने नगरपालिकामा यातायात व्यवस्था कार्यालयको शाखा स्थापना हुँदा यस क्षेत्रका नागरिकलाई यातायात सेवामा महत्त्वपूर्ण सुविधा प्राप्त हुनेछ। यसले प्रशासनिक सेवामा सुधार ल्याउने छ र स्थानीय बासिन्दाहरूलाई यातायातका सन्दर्भमा सस्तो र छिटो सेवा उपलब्ध गराउने छ। साथै, यसले स्थानीय अर्थतन्त्रको प्रवर्धनमा टेवा पुर्याउने बताए। 

बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाही, जिल्ला समन्वय समितिका उपाध्यक्ष सीता कार्की, कोहलपुर नगरपालिका सामाजिक विकास शाखाका संयोजक ईश्वरीप्रसाद विश्वकर्मा, कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुविधि, प्रमुख जिल्ला अधिकारी बाँकेका खगेन्द्रप्रसाद रिजाल, नेपाली कांग्रेस बाँके जिल्ला सभापति नारायण प्रसाद गौडेल, नेकपा एमालेका सचिव बलराम भट्टराई र नेकपा माओवादी केन्द्रका अध्यक्ष नरेन्द्र पाण्डे लगायतको उपस्थित सगै विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि नेपाल प्रहरीका प्रमुख तथा प्रतिनिधि नगर प्रहरीका प्रमुख तथा प्रतिनिधि पत्रकार लगायतको बाक्लो उपस्तिथि रहेको  थियो। यी सबै अतिथिहरूले यस शाखाको उद्घाटनको महत्त्वलाई स्वीकार गर्दै यस क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने कुरा व्यक्त गरे।

आजको  कार्यक्रमको समापन प्रमुख यातायात व्यवस्थापक लोकबहादुर सुनारले गरेका थिए। उनले कार्यक्रमको समापन गर्दै यस शाखाको उद्घाटनले यस क्षेत्रका जनतालाई उच्च स्तरको यातायात सेवा पुर्‍याउने विश्वास व्यक्त गरे। यस कार्यालयको स्थापना प्रदेश र स्थानीय प्रशासनको मिलेमतोमा सम्पन्न भएको र यसका माध्यमबाट नागरिकलाई अझ बढी सुलभ सेवा प्रदान गर्ने लक्ष्य रहेको उनले बताए।

कार्यक्रमको सहजीकरणका साथै उद्घोषण भने कोहलपुर नगरपालिकाका प्रेस सल्लाहकार  पत्रकार प्रिय स्मृति ढकालले गरेका थिए। ढकालले उद्घाटन समारोहलाई व्यवस्थित र प्रभावकारी बनाउने काम गरेका थिए।


प्रकाशित मिति: बुधवार, माघ ९, २०८१, १२:४८:००
प्रतिक्रिया दिनुहोस्