स्थानीय

बसोबास महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ वार्षिक साधारण सभा सम्पन्न।

Samayapati

कोहलपुर नगरपालिका वडा नम्बर ११ मा रहेको बसोबास महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

"सुशासन प्रविधि र एकीकरण" भन्ने मुल नाराका साथ आजको कार्यक्रममा विभिन्न प्रतिष्ठित अतिथिहरूको उपस्थिति सहित कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्ष गीता ओली क्षेत्रीको अध्यक्षतामा   प्रमुख अतिथि लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि.की उपाध्यक्ष मिना सिग्देल ढुङ्गानाले पानसमा बत्ती बालेर उद्घाटन गरेकी हुन । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि  ढुङ्गानाले  महिला सशक्तिकरण र सहकारीको महत्वमा जोड दिएकी छन्। उनले महिलाहरूको आर्थिक स्वावलम्बनको लागि सहकारी संस्थाले ठूलो भूमिका खेलेको बताउँदै, यसले समुदायमा समान अवसर र समृद्धिको वातावरण सिर्जना गरेको उल्लेख गरिन। उनले सहकारीले दीनदुःखी महिलाहरूलाई स्वरोजगारको अवसर प्रदान गर्दै, उनीहरूको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याएको कुरा औंल्याइन। यस अवसरमा, सहकारीको आगामी योजनाहरू र सामाजिक उत्तरदायित्वको महत्त्वमा पनि आफ्ना विचार विमर्श औल्याउँदै जसले महिलाहरूको सामाजिक र आर्थिक उन्नति गर्न सहयोग पुर्‍याउने कुरामा विशेष जोड दिदै सहकारी संस्थाको प्रगति र भविष्यका योजना बारेमा आफ्ना धारणा प्रस्तुत गरिन्।

यस अवसरमा विशिष्ट अतिथि जिल्ला सहकारी संघ बाँकेकी उपाध्यक्ष जानकी पुनले पनि सहकारी संस्थाले पुर्याएको योगदान र सामाजिक कार्यहरूको प्रशंसा गर्दै संस्थाका सदस्यहरूको प्रयासलाई उच्च मूल्याङ्कन गरिन्। त्यस्तै  विशिष्ट अतिथि प्रेमबहादुर शाहीले सहकारी संस्थाले महिला सशक्तिकरणमा गरेका प्रयासहरूलाई विशेष ध्यानमा राख्दै यसको आगामी विकासको लागि निरन्तर सहयोगको आवश्यकता व्यक्त गरे। अतिथि बसोबास बस्ती संरक्षण समाजका अध्यक्ष लालबहादुर राणा र ज्ञान दियो बहुद्देशीय सहकारी संस्थाकी अध्यक्ष शान्ता बिष्ट ओलीले पनि सहकारी संस्थाको गतिविधि र सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै महत्त्वपूर्ण विचार राखेका थिए। कार्यक्रममा धनबहादुर चन्द, लालबहादुर बुढाथोकी र भूपेन्द्र सिंह ठकुरीलगायतका अतिथिहरूको पनि सहभागिता रहेको थियो।

कार्यक्रममा विभिन्न विधामा सहकारीका शेयर सदस्यहरूलाई सम्मानित पनि गरिएको थियो। कोहलपुरको बसोबास महिला बचत तथा ऋण सहकारी संस्थाले अहिले सम्म १९५७ शेयर सदस्य र १० करोड ३० लाख ६१ हजार ४० रुपैयाँ २३ पैसा कारोबार गरेको जनाएको छ। यस संस्थाले ३ लाख ११ हजार ६२ रुपैयाँ ८ पैसा कुल नाफा पनि कमाएको छ। संस्थाको स्थापना १६ वर्ष अघि भएको थियो, जुन सुकुम्बासी भूमिहीन महिला दिदीबहिनीहरूको प्रयासबाट शुरू भएको थियो। यस सहकारीले अहिले १८५६ महिला सदस्यलाई आबद्ध गर्न सफल भएको छ। सुरुमा १० रुपैयाँ बचतको अवधारणामा आधारित यो सहकारी संस्थाले अहिले सम्म ठूलो प्रगति गरेको छ। सहकारी ऐन २०४८ अनुसार २०६३ सालमा नेपालगञ्ज बाँकेमा दर्ता गरिएको यो संस्थाले आफ्नो यात्रा सुरु गरेको थियो। समयसँगै सहकारीले विभिन्न सामाजिक कार्यमा योगदान पु¥याइरहेको छ। यस सहकारी संस्थाले अहिले सम्म आवास कार्यक्रम सञ्चालन गर्दै ६२९ शौचालयसहित घर निर्माण गरेका छन्। त्यसैगरी, कोहलपुर खानेपानी उपभोक्ता संस्था र कोहलपुर नगरपालिका संग मिलेर १६३ वटा धारा निर्माण गरेका छन्। यस संस्थाले समाजमा विभिन्न स्तरमा योगदान पुर्याउँदै आएको छ र यसका सदस्यहरूको जीवनस्तर सुधार्न योगदान पुर्याएको बताउदै कार्यक्रमको समापन गीता ओली क्षेत्रीले गरिन्।

कार्यक्रमको सहजीकरण सोही सस्थाका ब्यबस्थापक ओम जङ्ग शाहिले गरेका थिए भने आजको कार्यक्रमको कुशल उद्घोषकको भुमिकामा  सस्थाकी सचिव केश कुमारी भण्डारीले गरेकी थिइन। यस अवसरमा सहकारी संस्थाका विभिन्न सदस्यहरूको सक्रियता र योगदानलाई ध्यानमा राख्दै संस्थाको भविष्यमा अझै ठूलो प्रगति हुने विश्वास व्यक्त गरिएको थियो।


प्रकाशित मिति: सोमवार, पुष २९, २०८१, ०४:०९:००
प्रतिक्रिया दिनुहोस्