बसोबास महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ वार्षिक साधारण सभा सम्पन्न।
स्थानीय
"सुनचाँदी व्यापारको समृद्धिका लागि बाँकेमा १०औं र ११औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न"
कोहलपुर, बाँके – "श्रम सीप बिकास अनुशासन सुनचाँदी ब्यबसायमा वृद्धि, देशकै आर्थिक समृद्धि" भन्ने मुल नारासँगै बाँके सुनचाँदी तथा गहना व्यावसायी संघको दशौं र एघारौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन आज कोहलपुरमा भव्य रुपमा सम्पन्न भएको छ।
यस कार्यक्रमले नेपालका विभिन्न क्षेत्रका विभिन्न सुनचाँदी तथा गहना व्यवसायमा संलग्न व्यवसायीहरूको एकता प्रगाढ बनाउन, श्रम र सीपको विकासमा जोड दिन र व्यापारमा अनुशासन कायम गरेर नेपालको आर्थिक समृद्धिमा योगदान पुर्याउने उदेश्य लिएको हो।
यस कार्यक्रमका सभाअध्यक्ष बाँके सुनचाँदी तथा गहना व्यावसायी संघका अध्यक्ष भबिन्द्र रामदामको अध्यक्षतामा आजका प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसाय महासङ्घका सदस्य र निवर्तमान अध्यक्ष मोहन कुमार सुनारले पानसमा बत्ती बालेर कार्यक्रमको विधि पुर्बक उद्घाटन गरेका थिए। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि सुनारले सुनचाँदी उद्योगको महत्व र यसले नेपालको अर्थतन्त्रमा पुर्याएको योगदानको बारेमा आफ्नो विचार व्यक्त गर्दै भने, "सुनचाँदी उद्योग नेपालको प्राचीन र समृद्ध उद्योग हो जसले लाखौं जनतालाई रोजगार दिएको छ। यदि हामी सबै मिलेर काम गर्न सक्छौं भने यसको भविष्य अझ उज्जवल हुने बताएका छन।
विशिष्ट अतिथिहरु कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप भट्टराई, कोहलपुर नगरपालिका सामाजिक बिकास शाखाका संयोजक ईस्वरीप्रसाद बिश्वकर्मा, नेपाल सुनचाँदी व्यवसाय महासङ्घका द्वितीय उपाध्यक्ष बुद्धिबहादुर बिक, नेपाल सुनचाँदी व्यवसाय महासङ्घका सुदीप श्रेष्ठ, लुम्बिनी प्रदेशका अध्यक्ष ध्रुबकुमार गहतराज, कर्णाली प्रदेशका अध्यक्ष जनक सुनार र सुदूरपश्चिम प्रदेशका अध्यक्ष सन्तोष लामिछाने, युगयान राष्ट्रिय दैनिकका सस्थापक पुजन बिश्वकर्मा, सामुदायिक रेडियो प्रतिबोध एफएमका स्टेशन म्यानिजर हेमन्त बि.क लगायत अन्य महत्त्वपूर्ण व्यक्तिहरूको उपस्थिति रहेको थियो। विशिष्ट अतिथिहरूले सुनचाँदी व्यवसायको समृद्धिका लागि सरकार र व्यवसायीहरूको समन्वयमा काम गर्न आवश्यक रहेको बताएका थिए।
कार्यक्रमको समापन सत्रमा : कार्यक्रमका विभिन्न सत्रहरूको सञ्चालन पश्चात, अध्यक्ष भबिन्द्र रामदामले समापन गर्दै सबैलाई धन्यवाद ज्ञापन गरे। उनले भने, "हामी सबैको एकता र सहकार्यबाट सुनचाँदी उद्योगले थप प्रगति गर्ने छ। आजको बैठकले हामीलाई व्यापारका विभिन्न पक्षलाई बुझ्न र सुधारका उपायहरूको कार्यान्वयन गर्ने अवसर दिएको छ। अध्यक्ष रामदामले सबै सदस्यहरूलाई आगामी वर्षको लक्ष्य निर्धारण गर्दै काम गर्न प्रेरित गरे। उनले भने "यो अवसरले हामीलाई एकजुट र सशक्त बनाउन मद्दत गरेको छ, र हामी सबैले सामूहिक रूपमा काम गर्दै नेपालका सबै स्थानहरूमा सुनचाँदी व्यापारलाई नयाँ उचाइमा पुर्याउन सक्छौं।" र अब आउने कार्य समितिले पनि यो कुरा मनन गरेर अझ अगाडि बड्नुहुनेछ भन्दै कार्यक्रमको समापन गरेका थिए।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!