स्थानीय

कोहलपुर सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न

Samayapati

 कोहलपुर, पौष २२– कोहलपुर सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा सोमबार कोहलपुरमा सम्पन्न भएको छ।

 सहकारी संस्थाको वार्षिक गतिविधिहरूको समीक्षा गर्नु, महिलाहरूको सामाजिक र आर्थिक स्थितिमा भएको सुधारलाई मूल्याङ्कन गर्नु र आगामी वर्षका लागि नयाँ योजनाहरू तय गर्नु यश सस्थाको उदेश्य रहेको हो।

गंगादेवी ओली क्षेत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि कोहलपुर नगरपालिका सामाजिक विकास शाखाका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए।

 

उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि विश्वकर्माले महिलाहरूको समावेशी र सशक्तिकरणका लागि सहकारी संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। उनले भने, "महिलाहरूको सामाजिक र आर्थिक स्थिति सुधार्न सहकारी संस्थाहरूले महत्वपूर्ण योगदान पुर्याइरहेका छन्। यस संस्थाले महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि सराहनीय कार्य गर्दै आएको छ।

" त्यस्तै, विशिष्ट अतिथिका  कोहलपुर नगरपालिका वडा नम्बर ११ की अध्यक्ष कल्पना शर्माले महिलाहरूलाई आत्मविश्वास र सशक्त बनाउनको लागि यस्ता संस्थाहरूको आवश्यकता रहेको बताइन्। उनले महिला सशक्तिकरणका लागि सहकारी संस्थाले दिने अवसर र लाभलाई सबै महिलाले सदुपयोग गर्न आग्रह गरिन्।

महिला उपकार मञ्चकी अध्यक्ष चन्द्रकला न्यौपानेले पनि सहकारी संस्थाको महत्त्वका बारेमा आफ्नो धारणा राख्दै महिलाहरूका लागि सहकारी संस्थामा सदस्यता लिएर काम गर्ने महत्त्वपूर्ण अवसर भएको बताइन्। कोहलपुर नगर कृषि शाखाका प्रमुख चन्द्रबहादुर बुढाले सहकारी संस्थाले कृषि क्षेत्रमा पनि महिलाहरूलाई प्रोत्साहन दिएको र यसले कृषिमा सुधार ल्याउन मद्दत पुर्याएको टिप्पणी गरे।

सहभागी अन्य अतिथिहरूमा तिलक प्रसाद आचार्य, शान्ति सुनार, रेखा सुनार र तुलसा पोखरेलको समेत उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको समापन गंगादेवी ओली क्षेत्रीले गरेकी थिइन्। उनले समापन गर्दै कुल नाफा एक लाख ५० हजार ५८० रुपैयाँ ६० पैसा रहेको जानकारी दिइन् र सबैलाई आगामी वर्षका लागि शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गरिन्।

कोहलपुर सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले विगत चार वर्षमा महिला सदस्यहरूको जीवनस्तरमा सुधार ल्याउनका लागि गरेको प्रयास सराहनीय रहेको छ। यो संस्थाले महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रम र परियोजनाहरू सञ्चालन गर्दै आएको छ।


प्रकाशित मिति: सोमवार, पुष २२, २०८१, ०२:०६:००
प्रतिक्रिया दिनुहोस्