गुरुङ समुदायको २६१०औं तमु ल्होसार पर्व कोहलपुरमा भव्यताका साथ सम्पन्न!
स्थानीय
औषधी उपचारको लागि खर्च जोह गर्न सास्ती द्धन्द्ध पिडितलाई ।
पबित्रा परियार बाँके ,
बाँकेको कोहलपुर नगरपालिका वडा न ५ बस्ने ६८ बर्षिया चन्द्रकलाअधिकारीलाई छोराको लागि औषधी उपचार गर्न निकै समस्या भएको छ । बि .स २०५९ साल बैशाख १४ गते शनिवारका दिन उनका माईला छोरालाई बेपत्ता पारियो । भने उनका जेठा छोरालाई कुटपिट गरेर घाईते बनाईयो । अहीले तिनै घाईते छोराको औषधी उपचार गर्न निकै सकस हुने गरेको छ चन्द्रकलालाई । कुटपिट बाट अचेत भएका चन्द्रकलाका जेठा छोरा अझै पनिहोस्मा छैनन् । उनलाई कुनै कुराको ज्ञात छैन मान्छेहरुको भिडभाड देखे भने उनी अहीले पनि डराउछन् ।उनलाई नियमित रुपमा औषधी खुवाउनुपर्छ । त्यही औषधीको जोहो गर्न आफुहरुलाई निकै धौ धौ हुने गरेको चन्द्रकला अधिकारी बताउछिन् ।
उनी भन्छिन् ः २० औ बर्ष भईसक्यो माईला छोरा हराएको जेठो छोरो बिरामीले थला परेको । छोरा छोरीको घाउ भनेको मरुन्जेल सम्म पनिहुदो रहीछ । शसस्त्र द्धन्द्धका बेलामा बेपत्तापारिएका २९ बर्षिया माईलाछोरा अझै पनि र्फकेर आउछन् किभन्ने झिनो छ ।छोरा बेपत्ता भएको लामो समय सम्म पनि राज्यले उसको अबस्था सार्बजनिक गर्न नसकेको प्रतिदुखेसो गर्छिन् चन्द्रकला ।
कोहलपुर सुकुम्बासी टोलमा बस्ने कलीदमाईको पिडा पनि उस्तै छ । २०६१ सालमाश्रीमान बेपत्ता भएको घटना सुने देखि बग्नथालेका पिडाका आँशु अझै रोकीएका छैनन् । बेपत्ता पारिएका श्रीमानको अबस्था कस्तो छ भन्ने बारेमा १९ औ बर्ष भईसदा समेत आफुले थाहा नपाउदाझनै पिडा हुने कली बताउछिन् । श्रीमानको मृत्यु पछि बिरामीले थला परेकीकलीले अहीले पनिनियमित रुपमाऔषधी सेवनगर्नु पर्छ । आफ्नो श्रीमान गुमाउदाको पिडा त छदैछ । आफ्नो लागि औषधी खर्चको जोहो गर्न नसक्दा झनै पिडा हुने कली बताउछिन् ।
यस्तै बाँकेको बैजनाथ गाउँपालिका वडा न २ बस्ने धनकली बुढा पनि बिरामी भएर थला परेको बर्षा भयो । शसस्त्र द्धन्द्धका बेलामा जाजरकोटमा राज्य पक्षले दिएको कुटपिट र यातनाले अहीले उनी थलिएकी छन् । त्यो बेलामा माओवादीलाई खाना दिन्छौै भनेर आँखामा पट्टी बाधेर घर बाट लगेर मरासन्न हुने गरेर कुटपिट गरेर छोडिएको थियो । त्यो बेला दिएको यातनाले अहीले सम्म पनि पिरोलिरहेको छ धनकलीलाई । औषधी भएन भने उनी हिड्डुल गर्न त परको कुरा उनी बिस्तार बाट उठ्न समेत सक्दिन्न । जाडो मा उनका हातखुट्टा चल्दैनन् लठ्ठीको साहाराले हिड्नुपर्छ । उनी भन्छिन् ः एक दिन औषधी छुट्यो भने मरे मरे भन्ने हुन्छ घाटीको नसा च्यापिएको छ । औषधी अनिवार्य रुपमा नै चाहीन्छ । औषधी भएन बाच्न सक्दिन । श्रीमाले भारतमा कमाएको पैसा कान ठिक्क हुन्छ औषधी उपचार के ले गर्ने भन्ने चिन्ताले उनलाई सधै सताईरहन्छ ।
द्धन्द्धका बेलामा घाईते भएका द्धन्द्ध प्रभाबितहरुले औषधी उपचारको ब्यबस्था राज्यले गरिदिनुपर्ने माग राख्दै आएका छन् । द्धन्द्ध पिडित घाईते उपचार राहत खर्च कार्यबिधि २०७७ कर्णाली प्रदेश सरकारले बनाएको छ । कर्णाली प्रदेश सरकारले कार्यबिधि नै बनाएर द्धन्द्धमा घाईते भएका अपाड.गता भएका द्धन्द्ध प्रभाबितहरुको औषधी उपचार खर्च वितरण गरिरहेको छ । अन्य प्रदेश सरकारले पनि यस्तै कार्यबिधि बनाउन आबश्यक छ ।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!