गुरुङ समुदायको २६१०औं तमु ल्होसार पर्व कोहलपुरमा भव्यताका साथ सम्पन्न!
स्थानीय
विद्यार्थीहरूको उज्ज्वल भविष्यतर्फको पहिलो पाइला: रामजानकी मा.बि.को स्वागत उत्सव!
कोहलपुर नगरपालिका वडा नम्बर १०, विद्युत रोडस्थित रहेको रामजानकी माध्यमिक विद्यालयमा अध्यनरत कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ का नयाँ विद्यार्थीहरूको स्वागत गर्दै भव्य कार्यक्रमको आयोजना गरेका छन्।
विद्यालयले विद्यार्थीहरूबीच आपसी समझदारी र समन्वयको सन्देश फैलाउने मुख्य उद्देश्यका साथ सो कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमको अध्यक्ष प्रदीप थापाको अध्यक्षतामा कोहलपुर नगरपालिका सामाजिक विकास शाखाका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए।
उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि विश्वकर्माले स्वागत कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास र सकारात्मक सोचलाई प्रेरित गर्ने विश्वास व्यक्त गरे। उनले भने, "विद्यार्थीहरू देशका भविष्य हुन्। यस प्रकारका कार्यक्रमले उनीहरूलाई नयाँ अनुभव प्रदान गर्नुका साथै समन्वयको वातावरण सिर्जना गर्न मद्दत पुग्छ।" उनले रामजानकी विद्यालयले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षाको प्रशंसा गर्दै विद्यार्थीहरूलाई अनुशासन र मेहनतका साथ आफ्नो लक्ष्यप्रति समर्पित हुन आग्रह गरे।
विशिष्ट अतिथि कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख तथा नेपाल सरकारका उपसचिव रामबहादुर हमालले विद्यालयको शैक्षिक प्रगतिमा यस प्रकारका कार्यक्रमको योगदानबारे चर्चा गरे। उनले भने, "शिक्षा क्षेत्रमा रामजानकी विद्यालयले राखेको भूमिका अनुकरणीय छ। शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्यले मात्र गुणस्तरीय शिक्षा सम्भव छ।
" विद्यालयका संरक्षक एम.डी दिनेश सिग्देलले विद्यालयले स्थापना कालदेखि नै शैक्षिक उत्कृष्टता प्राप्त गर्दै आएको स्मरण गर्दै भने, "हामीले विद्यार्थीहरूको समग्र विकासलाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गर्दै आएका छौँ। आगामी दिनमा विद्यालयले थप उपलब्धि हासिल गर्ने विश्वास छ।"
कार्यक्रममा अतिथि प्रिन्सिपल के.आर चौधरीले शैक्षिक तथा अतिरिक्त क्रियाकलापको महत्वबारे धारणा राख्दै विद्यार्थीहरूलाई सकरात्मक सोच र निरन्तर अभ्यासमा जोड दिन आग्रह गरे।
विद्यालय व्यवस्थापन सदस्य विन्दु सुवेदी सिग्देल र अतिथि रत्नबहादुर बोहराले पनि आ-आफ्ना धारणा राख्दै विद्यार्थीहरूलाई शुभकामना दिएका थिए।
कार्यक्रमका प्लस टु कोअर्डिनेटर मेघनाथ घिमिरेले कार्यक्रमको सहजीकरण गरेका थिए। उनले विद्यार्थीहरूबीचको आपसी सम्बन्धलाई बलियो बनाउन स्वागत कार्यक्रमको भूमिका रहेको बताए। कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रह्यो। सभाध्यक्ष प्रदीप थापाले कार्यक्रम समापन गर्दै विद्यालयको शैक्षिक प्रगतिमा सबैको साथ र सहकार्य आवश्यक रहेकोमा जोड दिए। "विद्यालयले आगामी दिनमा पनि यस्तै सिर्जनात्मक कार्यक्रमहरू गर्दै विद्यार्थीहरूको प्रतिभा उजागर गर्न निरन्तर लागिरहनेछ," उनले भने। कार्यक्रमले विद्यार्थीहरूबीच नयाँ उमंग र ऊर्जा सिर्जना गर्न सफल भएको थियो।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!