स्थानीय

जेष्ठ नागरिकको सम्मानमा कोहलपुरमा न्यानो कपडा वितरण।

Samayapati

कोहलपुरमा चौथो राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा न्यानो कपडा वितरण कोहलपुर नगरपालिका महिला, बालबालिका तथा समावेशीकरण उपशाखाको आयोजनामा चौथो राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा अति विपन्न ६० वर्षमाथिका जेष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको छ।

जाडोयाममा जेष्ठ नागरिकलाई आवश्यक सहयोग पुर्‍याउँदै उनीहरूको सम्मान र सामाजिक सुरक्षा सुनिश्चित गर्ने कार्यक्रमको उदेश्य रहेको हो।

कार्यक्रमका अध्यक्ष ईस्वरी प्रसाद बिस्वकर्माको अध्यक्षतामा आजको कार्यक्रमकी प्रमुख अतिथि  कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेकी थिइन । उद्घाटन सत्रमा बोल्दै  प्रमुख आतिथी  उपप्रमुख सुवेदीले जेष्ठ नागरिकहरूको जीवनमा सहयोग पुर्‍याउन यस्ता कार्यक्रमहरूले सकारात्मक प्रभाव पार्ने बताइन्। उनीले भनिन जेष्ठ नागरिकप्रति सम्मान र सहानुभूतिको महत्व औँल्याउँदै समाजमा उनीहरूको योगदानको कदर गर्नुपर्ने बताइन। अझ थप्दै भनिन जेष्ठ नागरिकहरूप्रति हाम्रो दायित्व केवल औपचारिकतामा सीमित हुनुपर्दैन। यस प्रकारका कार्यक्रमहरूले उनीहरूलाई संरक्षण र सहयोगको अनुभव दिलाउँछन्।”

विशिष्ट अतिथी कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले नगरपालिकाको तर्फबाट जेष्ठ नागरिकको हितमा आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए।

आर्थिक विकास संयोजक अनिता बुढाथोकीले यस्तो सामाजिक दायित्व पूरा गर्नु स्थानीय सरकारको मूल उद्देश्य भएको बताइन्। कार्यक्रममा कोहलपुर-१२ अध्यक्ष  का वीरेन्द्र शाहले पनि आफ्नाभनाइ राखेका थिए।

नगरपालिकाका १ देखि १५ वडाका जेष्ठ नागरिकहरूले सहभागी जनाएका थिए। जाडो मौसमलाई मध्यनजर गर्दै १५ वटै वडाका करिब १५० अति विपन्न जेष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको थियो। जेष्ठ नागरिकहरूका प्रतिनिधिहरूले उक्त कार्यक्रमप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगका गतिविधिहरू निरन्तर हुनुपर्ने माग राखेका छन्।

कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरूको उत्साहजनक सहभागिताले आयोजनालाई थप महत्व दिएको थियो। कार्यक्रमको  अन्त्यमा अध्यक्ष ईस्वरी प्रसाद बिस्वकर्माले बिस्वकर्माले  उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए। यो कार्यक्रमले जेष्ठ नागरिकहरूप्रतिको जिम्मेवारी महसुस गराउँदै सामाजिक न्याय र समावेशीकरणको संवर्द्धनमा टेवा पुर्‍याएको छ।


प्रकाशित मिति: बिहिवार, पुष ११, २०८१, ०३:०८:००
प्रतिक्रिया दिनुहोस्