जेष्ठ नागरिकको सम्मानमा कोहलपुरमा न्यानो कपडा वितरण।
स्थानीय
कोहलपुरमा शिक्षा व्यवस्थापन सूचना प्रणालीमा दक्षता अभिवृद्धि तालिम सुरु!
कोहलपुरमा शिक्षा व्यवस्थापन सूचना प्रणाली (IEMIS) सम्बन्धि दुई दिने क्षमता विकास तालिम सुरु भएको छ।
कोहलपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय, शिक्षा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालित यस तालिममा सामुदायिक र संस्थागत विद्यालयका ८२ जना शिक्षक-शिक्षिकाहरू सहभागी रहेका छन्।
तालिममा सहभागीहरूलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ र ‘बी’ गरी सञ्चालन गरिएको तालिममा व्यवस्थापन सूचना प्रणालीलाई प्रभावकारी रूपमा उपयोग गर्न सिक्न प्रेरित गरिएको छ। तालिमले विद्यालयहरूको शैक्षिक तथा व्यवस्थापकीय पक्षलाई थप प्रविधिमैत्री र व्यवस्थित बनाउन योगदान दिने अपेक्षा गरिएको छ।
तालिमको उद्घाटन कार्यक्रम कोहलपुर नगरपालिका सामाजिक शाखाका संयोजक ईश्वरी प्रसाद विश्वकर्माको प्रमुख आतिथ्यतामा प्रमुुुख अतिथि विश्वकर्माले विद्यालयहरूको व्यवस्थापन सुधार्न र शिक्षाको गुणस्तर वृद्धिमा शिक्षा व्यवस्थापन सूचना प्रणालीको महत्त्वलाई विशेष जोड दिँदै शिक्षक-शिक्षिकाहरूलाई यस प्रणालीलाई विद्यालयको दैनिक गतिविधिमा प्रभावकारी रूपमा लागू गर्न आग्रह गरे।
तालिममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रशिक्षक प्रवीण बाबु भट्टराई र सुशील पौडेलले प्रशिक्षण दिएका छन्। प्रशिक्षकहरूले व्यवस्थापन सूचना प्रणालीको प्राविधिक पक्ष, तथ्यांक व्यवस्थापन, र शिक्षण प्रक्रिया सुधारका विधिहरूमा सहभागीहरूलाई मार्गदर्शन गरे।
कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाकी छैटौं शिक्षा अधिकृत शिला गौतमले तालिमको महत्त्वबारे जानकारी दिँदै यसले शिक्षकहरूको कार्यकुशलता वृद्धि गर्ने र प्रविधिमा आधारित शिक्षा प्रणालीको विकासमा टेवा पुर्याउने बताइन्।
सहभागी शिक्षकहरूले तालिमले आफ्नो कार्यक्षमतामा सुधार ल्याएको अनुभव व्यक्त गरेका छन्। संयोजक विश्वकर्माले तालिममा सक्रिय सहभागिताका लागि धन्यवाद दिँदै विद्यालय तथा नगरको समग्र शैक्षिक सुधारमा यस्तो कार्यक्रमले दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरे। यस तालिमले शिक्षा व्यवस्थापन सूचना प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न शिक्षकहरूलाई थप सक्षम बनाउने र डिजिटल प्रविधिमा आधारित शिक्षाको विकासमा योगदान दिने अपेक्षा गरिएको छ।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!