स्थानीय

"राप्ती सोनारी–४ कुम्भरको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय: गुणस्तरीय शिक्षामा उदाहरणीय!"

Samayapati

 नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो स्थापना कालको लामो इतिहास बोकेको छ।

२०४५ सालमा स्थापना भएको यस विद्यालयले क्षेत्रीय शिक्षा क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको हो।

हाल यस  विद्यालयमा २८० विद्यार्थी अध्ययनरत छन् भने १८ जना कर्मचारी कार्यरत छन्। स्थायी २ जना शिक्षक, संघीय सरकारको अनुदानमा ३ जना, पालिका अनुदानमा २ जना, बालविकासका २ जना, खेल शिक्षक १ जना, लेखापाल १ जना, निजी स्रोतबाट ५ जना र कार्यालय सहयोगी २ जना रहेका छन्। सूचना अधिकारी लोकबहादुर बिकका अनुसार विद्यालयले कर्मचारी व्यवस्थापनमा संघीय सरकार, पालिका र निजी स्रोतको योगदानलाई प्रभावकारी ढंगले प्रयोग गरेको छ।

विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित शैक्षिक र अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ। विज्ञान प्रयोगशाला र पुस्तकालयको सुविधा विद्यार्थीलाई व्यावहारिक र अनुसन्धानमूलक शिक्षा लिन प्रोत्साहित गरिरहेको छ।

हरेक शुक्रबार सिर्जनात्मक कार्यक्रम सञ्चालन गरी विद्यार्थीको व्यक्तित्व विकासमा योगदान गरिँदै आएको छ। विद्यालयका प्रधानाध्यापक दिल बहादुर थारुले विद्यालयको प्रगति र चुनौतीबारे टिप्पणी गर्दै भने, “गुणस्तरीय शिक्षामा ध्यान दिँदै विद्यालयलाई आधुनिक प्रविधिमैत्री बनाउने हाम्रो लक्ष्य बताएका छन। शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्य विद्यालयको मूल शक्ति हो।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नुमा बि.कले विद्यालयको संरचना र शैक्षिक प्रगतिमा स्थानीय समुदायको महत्त्वपूर्ण भूमिका रहेको बताउदै  “पालिका र संघीय सरकारको अनुदानले विद्यालयलाई थप मजबुत बनाएको छ भने निजी स्रोतको कर्मचारी व्यवस्थापनले संस्थागत कामलाई सहज बनाएको छ,” उनका अनुसार विद्यालयले स्थापनादेखि नै समाजको विश्वास जित्न सफल हुँदै गुणस्तरीय शिक्षाको उदाहरणीय मान्यता स्थापित गरेको छ।

सूचना अधिकारी बिकका अनुसार, “विद्यालयले शैक्षिक गुणस्तर सुधार र विद्यार्थीहरूको बहुपक्षीय विकासका लागि विभिन्न योजना र कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। पालिकाको सहयोगले विद्यालयलाई थप आधुनिक बनाउन सकिनेछ।” विद्यार्थीहरूको नियमित उपस्थिति र उत्साहले विद्यालयलाई उर्जाशील बनाएको छ। शिक्षकहरूको नेतृत्व र परिश्रमले शैक्षिक गतिविधिहरू व्यवस्थित रूपमा अगाडि बढेको छ। विद्यालयले आफ्नो लामो इतिहासमार्फत शिक्षा क्षेत्रमा उदाहरणीय योगदान दिएको देखिन्छ।


प्रकाशित मिति: सोमवार, मंसिर २४, २०८१, ०३:४४:००
प्रतिक्रिया दिनुहोस्