"राप्ती सोनारी–४ कुम्भरको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय: गुणस्तरीय शिक्षामा उदाहरणीय!"
स्थानीय
"बसन्त बचत सहकारीको नयाँ नेतृत्व चयन, १३औं वार्षिक साधारणसभा सम्पन्न"!
कोहलपुर २ मा रहेको बसन्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार सहकारीको कार्यालय परिसरमा सम्पन्न भएको छ।
सहकारीले शेयर सदस्यहरूको आर्थिक सुदृढीकरण, सामाजिक विकास, र सामुदायिक एकताको प्रवर्द्धन गर्ने लक्ष्यसहित वार्षिक योजना प्रस्तुत गरेको हो ।
कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष ससेन्द्र शाहीको अध्यक्षतामा प्रमुख अतिथि कोहलपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष हरि कठायतले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका हुन। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि कठायतले सहकारीको भूमिका समाजको आर्थिक, सामाजिक, र शैक्षिक क्षेत्रलाई बलियो बनाउन महत्त्वपूर्ण रहेको बताए। अझ त "सहकारीहरूले समुदायलाई आर्थिक रूपमा सबल बनाउन सशक्त भूमिका खेलेका छन्। आगामी दिनमा थप नवप्रवर्तनशील योजना अघि सार्न जरुरी रहेको बताए ।"
विशेष अतिथिको सम्बोधन विशेष अतिथि टंका कुमारी शाहीले सहकारीले सदस्यहरूको हित र सुदृढीकरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै संस्थाले आगामी दिनमा अझ सशक्त रूपमा काम गर्ने विश्वास व्यक्त गरिन। अन्य अतिथिहरूको धारणा कार्यक्रममा सहकारी अभियन्ता विष्णु पन्थीले सहकारीको पारदर्शिता, संस्थागत विकास, र दीर्घकालीन योजनाहरूको महत्त्वबारे चर्चाका साथै, कार्यक्रममा उपस्थित अन्य अतिथिहरूले सहकारीका वार्षिक प्रगति प्रतिवेदन र भावी योजनाबारे आफ्नो धारणा राखेका थिए।
सदस्यहरूको उत्साहजनक सहभागिता साधारणसभामा शेयर सदस्यहरूको उल्लेखनीय सहभागिता रह्यो। कार्यक्रममा वार्षिक गतिविधि प्रतिवेदन, आर्थिक प्रतिवेदन, र नयाँ योजनाहरू प्रस्तुत गरिएको थियो।
कार्यक्रम सञ्चालन कार्यक्रम सञ्चालन सञ्चालक समितिका सदस्य सन्तोष गौतमले गरेको कार्यक्रम अध्यक्षको समापन मन्तव्य कार्यक्रमको समापनमा अध्यक्ष ससेन्द्र शाहीले सबै सहभागी, शेयर सदस्य, र पदाधिकारीलाई धन्यवाद व्यक्त गर्दै सहकारीले अबको कार्यकालमा सेवा र योजनालाई अझ प्रभावकारी बनाउन प्रतिबद्ध रहेको व्यक्त गरे।
नयाँ नेतृत्व चयन साधारणसभाबाट टंका कुमारी शाहीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिबाट चयन गरिएको छ। सचिव विष्णु पन्थीसहित लेखा समिति र विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ।
कार्यक्रमले सहकारीको आगामी लक्ष्य र विकासका लागि नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!