स्थानीय

बाँकेको बैजनाथमा रहेको नवयुग कृषि सहकारी संस्थाको ८औ वार्षिक साधारण सभा सम्पन्न।

Samayapati

बाँकेको बैजनाथ गाउँपालिका वडा नं ३ बैरवामा अवस्थित नवयुग कृषि सहकारी संस्थाको ८ औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ।

``नबयुग सहकारी सस्थाको चाहाना, दिगो बिकास कृषि समतामूलक समाजको स्थापना´´ भन्ने मुल नारा सहित  कृषि क्षेत्रमा आधारित स्थानीय उत्पादनको प्रवर्द्धन, कृषकहरूलाई आर्थिक सशक्तीकरण, र कृषि प्रविधिको उपयोगमार्फत आर्थिक सामाजिक विकास गर्ने रहेको छ।

कार्यक्रम संस्थाका सभाध्यक्ष शेरबहादुर पाण्डेको सभापतित्वमा प्रमुख अतिथि बैजनाथ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष निखिल वैगारले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि वैगारले नवयुग कृषि सहकारी संस्था साँच्चिकै नवयुग भएको उल्लेख गरे। उनले सहकारीले कृषकहरूको जीवनस्तर सुधार्न महत्वपूर्ण योगदान दिएको र कृषि क्षेत्रमा नवीनता ल्याएको बताए।

विशिष्ट अतिथिका रूपमा नौवस्ता स्वास्थ्य चौकीका प्रमुख डिलबहादुर विक, कृष्णबहादुर रिजाल, नरबहादुर रोकाया, र रेशमी रोकायालगायतको उपस्थिति रहेको थियो। उनीहरूले सहकारीका गतिविधिहरूको प्रशंसा गर्दै स्थानीयस्तरमा आर्थिक क्रियाशीलता र सामुदायिक एकतालाई सुदृढ बनाएकोमा प्रशंसा व्यक्त गरे।

साधारण सभामा संस्थाका व्यवस्थापक धनबहादुर थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै यसआ.ब.२०८०/०८१ मा सस्थाको कुल कारोबार रु. १,८८,२६,७६८/९४ पैसा रहेको बताउदै आ.ब.२०८०/०८१ मा खुद नाफा रु. ६८, ०५६६/३९ पैसा रहेको र हाल संस्थामा ३४५ जना सेयर सदस्य रहेको जानकारी गराए। संस्थाले सात सदस्यीय समिति गठन गरी सहकारीका कार्यहरूलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको बताए।

कार्यक्रममा उपस्थित  उपाध्यक्ष यसव खप्तडी, ममता बिसी, र साहितराम चौधरीले विशेष रुपमा आजको कार्यक्रमलाई सहजीकरण गरेका थिए भने कार्यक्रमको समापनमा सभाअध्यक्ष शेरबहादुर पाण्डेले व्यापक रूपमा सहभागी भएका सेयर सदस्यहरूप्रति आभार व्यक्त गरे। उनले संस्थाको उद्देश्यलाई अझ बलियो बनाउँदै कृषकहरूको जीवनस्तर उकास्न थप सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।

आजको साधारण सभाले सहकारीका भावी योजनाहरूलाई अनुमोदन गर्दै कृषि क्षेत्रको विकास र सहकारीका सदस्यहरूको आर्थिक उन्नतिमा निरन्तर क्रियाशील रहने निर्णय गरेको छ।


प्रकाशित मिति: शनिवार, मंसिर २२, २०८१, ०५:११:००
प्रतिक्रिया दिनुहोस्