स्थानीय

प्रतिभा महिला बिकास  बहुउद्देश्य सहकारी संस्था लिमिटेडको १९औं साधारण सभा सम्पन्न!

Samayapati

कोहलपुर-१४, हवल्दारपुरस्थित प्रतिभा महिला बिकास  बहुउद्देश्य सहकारी संस्था लिमिटेडको १९औं साधारण सभा ‘सहकारीको दिगोपन, सोनियम सुशासन’ भन्ने नाराका साथ सम्पन्न भएको छ।

 संस्थाका अध्यक्ष बकि कुमारी आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाकी आर्थिक बिकाश शाखाकी संयोजक अनिता बुढा क्षेत्रीले पानसमा दीप प्रज्वलन गर्दै उद्घाटन गरेकी हुन ।उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि बुढा क्षेत्रीले सहकारीले स्थानीय स्तरमा आर्थिक विकास, पारदर्शिता र सदस्यहरूको जीवनस्तर सुधारमा खेलेको भूमिकाको प्रशंसा गरिन्। उनले सहकारीको दिगोपन सुनिश्चित गर्न समर्पित नेतृत्व र योजनाबद्ध कार्यनीतिहरू आवश्यक रहेको औंल्याइन्।

विशिष्ट अतिथि कोहलपुर नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख घटना शाहले सहकारीले महिलाको आर्थिक सशक्तीकरण र उद्यमशीलता प्रवर्द्धनमा उल्लेखनीय योगदान पु¥याएको बताइन्। उनले महिला सहभागिताको महत्वमा जोड दिदैं सहकारीमार्फत महिलाहरूको आर्थिक स्वतन्त्रता स्थापित गर्न आवश्यक रहेको बताइन्।

कोहलपुर नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष नवबहादुर आलेले सहकारी संस्थाहरूले स्थानीय आर्थिक गतिविधिमा देखाएको प्रभावको प्रशंसा गरे। उनले वडास्तरमा सहकारीहरूको पहुँच विस्तार गर्न वडापक्षबाट आवश्यक सहयोग प्रदान गरिने बताए।

कार्यक्रममा सुनिता बिष्ट, कल्पना कडेल, शान्ति सुनार लगायतको विशेष उपस्थिति रहेको थियो। साथै, आजको कार्यक्रममा सहकारीका शेयर सदस्य, कर्मचारी, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो र विभिन्न बिधामा उत्कृष्ट शेयर सदस्यहरुलाई पुस्कृत गरिएको थियो। यस सहकारी संस्थाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुसार कुल कारोबार ६ करोड ३८लाख ९४  हजार ४१ रुपैयाँ ९८ पैसा पुगेको थियो भने खुद नाफा १३ लाख ६५ रुपैयाँ रहेको थियो। अध्यक्ष आलेले सहकारीको प्रगतिमा सबै सदस्यहरूको योगदान रहेको भन्दै आगामी वर्षहरूमा थप प्रभावकारी योजना ल्याउने प्रतिबद्धता व्यक्त गरिन्। साधारण सभाको समापनमा सहभागीहरूलाई धन्यवाद दिदैँ सहकारीको पारदर्शिता र स्थायित्वलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरिएको थियो। भने सोही सस्थाकी ब्यबस्थापक दुर्गा कुमारी के.सीले आजको कार्यक्रमको ब्यबस्थापन गरेकी   थिइन त्यस्तै सस्थालाई सघाउदै आजको कार्यक्रममा सहजीकरण भने गीता गुरुङ्ग सिङ्जालीले   गरेकी थिइन । 


प्रकाशित मिति: शुक्रवार, मंसिर २१, २०८१, १०:११:००
प्रतिक्रिया दिनुहोस्