स्थानीय

संघर्ष दलित महिला बचत तथा ऋण सहकारीको १८औं साधारण सभा सम्पन्न!

Samayapati

‘ कोहलपुर नगरपालिका वडा नम्बर –२ मा रहेको  सङ्घर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्थाको १८औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।

समृद्धि यात्रामा  सङ्घर्षको साथ अनि   सुनिश्चित भबिस्य भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमका सभा अध्यक्ष सीता कुमारी बि.कको अध्यक्षतामा  कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य माननीय बसन्ती अधिकारीले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गरेकी थिइन। प्रमुख अतिथिले आफ्नो सम्बोधनमा सहकारीले महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणमा पुर्‍याएको योगदानको चर्चा गर्दै दलित महिला समुदायको जीवनस्तर सुधार्न सहकारीले खेलेको भूमिकाको प्रशंसा गरिन। साथै, उनाले तरकारी खेतीमा महिलाको सक्रियता बढाउन सहकारीहरूले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिइन अझ त महिलाको लागि यो सस्थाले सेनेटरी प्याकको भुमिका र यसले सबै महिलाहरुलाई यसको प्रयोग र यसको उपयोग को बारेमा बताउदै यो प्याट यहि सस्थाले एउटा महिलाको लागि पुन्यको काम गरेको र यो प्याट सोही सस्थाले उपलब्ध गराउने बताइन ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी कोहलपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष हरि कठायतले सहकारी संस्थाले आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए। उनाले सहकारीहरूले पारदर्शिता र सुशासनलाई प्राथमिकता दिनु पर्नेमा जोड दिंदै दलित महिला सहकारी संस्थाले उदाहरणीय भूमिका खेलिरहेको टिप्पणी गरे। कोहलपुर नगरपालिका सहकारी शाखाका प्रमुख अग्नि आचार्यले सहकारीको प्रगतिको प्रशंसा गर्दै यसले स्थानीय समुदायलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए। कार्यक्रममा कोहलपुर नगरपालिका वडा नम्बर २ का सदस्य तथा सहकारीका निवर्तमान अध्यक्ष सितला परियारले सहकारीको इतिहास, वर्तमान अवस्था, र उपलब्धिहरूका बारेमा चर्चा गर्दै आगामी योजनाहरूबारे प्रकाश पारिन।

 कार्यक्रममा अन्य अतिथिहरूमा युगयान राष्ट्रिय दैनिकका प्रबन्ध निर्देशक  पूजन विश्वकर्मा, दलित सेवा संग्ग बाँकेका  अध्यक्ष बुद्ध सुनार, र संस्थाका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले सहकारीको दिगो विकासका लागि थप योजना र रणनीतिहरू अघि बढाउन सुझाव दिए।

साधारण सभामा सहकारीका शेयर सदस्य र कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सभाले सहकारीको आगामी कार्ययोजनाका लागि महत्वपूर्ण निर्णयहरू पारित गरेको छ। उपस्थित सदस्यहरूले सहकारीले रोजगारी सिर्जना, महिला सशक्तीकरण, र स्थानीय उत्पादन प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गरे।

कार्यक्रमको समापन गर्दै अध्यक्ष सीताकुमारी बिकले २८३३ शेयर सदस्य रहेको यस सहकारीमा  ९,२२,०५,६९६,६५ पैसा कुल कारोबार गरेको यो सहकारीलाई अझ सबल र प्रभावकारी बनाउन सबै सदस्यहरूको सहयोग आवश्यक रहेको बताउँदै सहकारीले आर्थिक विकास र सामाजिक रूपान्तरणका क्षेत्रमा निरन्तर सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन साथै विभिन्न बिधामा पुरस्कृत सबैलाई धन्यवाद समेत दिइन ।

कार्यक्रमको कुशल उद्घोषणा तथा सहजीकरण सहकारीकी प्रबन्धक तुलसी सुनारले गरेकी थिइन। सभाले संस्थाको हालसम्मको उपलब्धि, चुनौती, र भविष्यका सम्भावनाहरूमा गहन छलफल गर्दै सहकारीको प्रगतिपथलाई थप सुदृढ पार्ने निर्णय गरेको छ।


प्रकाशित मिति: शुक्रवार, मंसिर २१, २०८१, ०७:४५:००
प्रतिक्रिया दिनुहोस्