जेष्ठ नागरिकको सम्मानमा कोहलपुरमा न्यानो कपडा वितरण।
स्थानीय
प्लाष्टिकजन्य मालाको बिक्री वितरणमा रोक
सल्यान — शारदा नगरपालिकाले तिहारमा प्लाष्टिकजन्य मालाको बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले सूचना प्रकाशन गरेर प्लाष्टिकजन्यजन्य मालाको बिक्री–वितरणमा रोक लगाएको हो ।
प्लाष्टिकजन्य फूलमालाको प्रयोगले वातावरण प्रदूर्षणका साथै मानव स्वास्थ्यमा समेत असर पर्ने मात्र नभई स्थानीय कृषकद्वारा उत्पादित फूलले बजार नपाउने भएपछि नगरपालिकाले त्यस्ता फूलको बिक्री वितरणमा रोक लगाएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले नगरपालिकाले प्रकाशन गरेको सूचनाको बेवास्ता गरी प्लाष्टिकजन्य सामग्रीको प्रयोग तथा बिक्री–वितरण गरेको पाइएमा उक्त सामान जफत गरी कानुनबमोजिम जरिवाना गरिने बताए ।
प्लाष्टिकजन्य फुलमाला किन्ने भन्दा नगरपालिका भित्रका किसानले उत्पादन गरेका सयपत्री, गोदावरी र मखमली फूलको प्रयोग गरी स्थानीय रूपमा उत्पादित फूलको बजारीकरणमा सहयोग गर्न नगरपालिकाले आग्रह गरेको छ ।
चाडपर्व मात्र नभई नगरपालिकाको आयोजनामा हुने सबै किसिमका सभा समारोहमा समेत किसानले उत्पादन गरेका फुल प्रयोग गर्दै आएको उनको भनाइ छ ।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!