जेष्ठ नागरिकको सम्मानमा कोहलपुरमा न्यानो कपडा वितरण।
स्थानीय
छाडा पशु छोड्नेलाई कारबाही गर्दै शारदा नगरपालिका
सल्यान।
सल्यानको शारदा नगरपालिकाले नगरभित्र छाडा पशुचौपाया छोड्नेलाई कारवाही गर्न थालेको छ । विगतमा गाईगोरुलाई घरमा पाल्दै आइरहेको अवस्थामा घाँसपानीको अभाव तथा बस्तुभाउ पाल्ने झण्झटका कारण स्थानियले गाईगोरुलाई जथाभावि छोड्न थालेपछि नगरपालिकाले कारवाही गर्न थालेको हो ।
शारदा नगरपालिका नगरकार्यपालिकाले २२ फागुन २०८० मा नगरपालिकाको क्षेत्राधिकार भित्र वेवारिसे तथा घरपालुवा पशुपंक्षीहरु सडक तथा अन्य सार्वजनिक स्थानहरुमा छाडा रुपमा छोड्न रोक लगाउने निर्णय गरेको थियो ।
जसमा वेवारिसे तथा घरपालुवा पशुपंछीहरुद्वारा कुनै क्षति हुन गएमा स्वयम् पशु धनिले नै क्षति व्यहोर्ने भनि उल्लेख छ । सोही निर्णयका आधारमा शारदा नगरपालिका वडा नम्बर १ चैबाङको जंगलमा गाईगोरु छाडा छोड्ने एक जनालाई नगरपालिकाले कारवाही गरेको छ ।
स्थानियबासी र जनप्रतिनिधिको मौखिक उजुरीको आधारमा छाडा पशु छोड्ने जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–९ जैतपानीका नन्दे खत्रीलाई क्षति बापतको नगद जरिवाना गरिएको नगरपालिकाको पशु सेवा शाखामा कार्यरत सहायक स्तर पाँचौ मधुसूदन उपाध्यायले जानकारी दिनुभयो ।
उहाँका अनुसार साउन महिनाको अन्त्य तिर एक वटा गोरु र दुई वटा गाई ल्याएर चैवाङमा छोडेको हालै पुष्टि भएपछि पशुधनि खत्रीलाई पशुचौपायाले पु¥याएको क्षति बापतको रुकम तीन हजार नगरपालिकाले असुली गरेको हो । छाडा पशु छोडेको करिब ३ महिनापछि पशुधनिलाई पत्ता लगाएर पशुले पु¥याएको क्षति तथा हानी बापतको क्षति असुल गरिएको उहाँको भनाइ छ । यस्तै छाडा छोडिएका पशुहरु पनि पशुधनिकै जिम्मा लगाईएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देबकोटाले छाडा चौपायाका कारणले सडक दुर्घटना, कृषकको अन्नबालीमा क्षति भएको र नगरको सौन्दर्यतामा ह्रास आएकाले छाडा छोड्ने जो कोहीलाई कारवाही गरिने बताउनुभयो । केही महिनाअघि गाउँबस्तीबाट चौपाया ल्याएर जंगलमा छोड्ने गरिएको र यसले समस्या उत्पन्न भएकाले कारवाही गरिएको उहाँको भनाइ छ ।
‘खास गरेर दुध दिदा सम्म होस या जोत्दा सम्म गाईगोरु पाल्ने तर बुढो भए वा उत्पादन दिन छोडेपछि छाडा पशु चौपायाको रुपमा छोड्ने गरेको पाइयो’ उहाँले भन्नुभयो ‘यो पटकको कारवाही चेतावनी स्वरुप हो, यो नै पहिलोपटक हो, घरपालुवा पशुलाई यसैगरी छोड्ने जो कोहिलाई कारवाही हुन्छ ।’ नगरपालिकामा पालन गरेका सबै गाईगोरुमा ट्याग लगाइएकाले कसले पशु चौपाया छोडेको हो भनेर पत्ता लगाउन सजिलो हुने उहाँको भनाइ छ ।
नगरपालिकाले पालिका भित्रका छाडा पशुचौपायाको व्यवस्थापनका लागि खैराबाङमा गौशाला बनाएर राख्ने गरेको छ । गौशालामा हाल ४० अघि गाईगोरु रहेका छन् ।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!