जेष्ठ नागरिकको सम्मानमा कोहलपुरमा न्यानो कपडा वितरण।
स्थानीय
ग्रिनपिस मा. वि. द्वारा चौथो जिपिएस इन्टरहाउस स्पोर्ट्स मिट २०८१ सम्पन्न!
कोहलपुर–१२ मा रहेको ग्रिनपिस माध्यमिक विद्यालयद्वारा आयोजित चौथो जिपिएस इन्टरहाउस स्पोर्ट्स मिट २०८१ को समापन मङ्सिर १४ गते विद्यालय प्राङ्गणमा सम्पन्न भएको छ।
मङ्सिर १२ गते कोहलपुर नगरपालिकाकि कार्यबाहक मेयर संगीता सुबेदीले उद्घाटन गरेको सो कार्यक्रम मंसिर १४ गते समापन भएको हो।
कार्यक्रममा बिद्यालयका सस्थापक अध्यक्ष बिएल भारतीको अध्यक्षतामा प्रमुख अतिथी कोहलपुर नगरपालिकाकी कार्यवाहक मेयर संगीता सुवेदीले बोल्दै खेलकुदलाई जीवनको महत्वपूर्ण पक्षका रूपमा उल्लेख गर्दै भनिन्, "शारीरिक फिटनेस र मानसिक सन्तुलनको लागि खेलकुद अपरिहार्य छ। यस किसिमका कार्यक्रमहरूले विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने मात्र नभई उनीहरूलाई जीवनका हरेक क्षेत्रमा सफल बनाउँछ।
" विशिष्ट अतिथिहरूमा वडा नं. १२ का अध्यक्ष बिरेन्द्र कुमार शाह, नगर प्याप्सनका अध्यक्ष रमेश खत्री, र क्रीसा अध्यक्ष बेगमचन्द्रको उपस्थिति रहेको थियो। शाहले विद्यार्थीहरूको खेलकुदमा देखिएको जोश र उत्साहको प्रशंसा गर्दै भने, "युवा पुस्तामा खेलकुदको महत्वबारे सचेतना फैलाउनु आजको आवश्यकता हो।" प्याप्सन अध्यक्ष खत्रीले शैक्षिक संस्थाहरूले खेलकुदलाई शैक्षिक क्रियाकलापको अभिन्न अंगका रूपमा लिनुपर्ने धारणा राखे।
विद्यालयका प्रधानाध्यापक विष्णुविक्रम शाहीले आफ्नो मन्तव्य राख्दै भने, "खेलकुदले विद्यार्थीहरूको शारीरिक तन्दुरुस्ती मात्रै नभई मानसिक सन्तुलन र अनुशासन पनि प्रदान गर्छ। विद्यालयले प्रत्येक वर्ष यस प्रकारका कार्यक्रमहरू आयोजना गरी विद्यार्थीहरूलाई सशक्त बनाउने प्रयास गर्दै आएको छ।" उनले यस वर्षको प्रतियोगितामा १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, र ३००० मिटर दौडदेखि फुटबल, भलिबल, टग अफ वार, शटपुट, र लङजम्पजस्ता विभिन्न खेलहरू सम्पन्न भएको जानकारी दिदै प्रथम , द्वितीय , तितीय र सान्त्वना पुरस्कृतहरुलाई क्रमश ५० हजार , २५ हजार , १५ हजार र १० हजार आउदो सरस्वती पुजाको दिन नगद राशी सहित प्रमाणपत्र , ट्रफी र मेडल प्रदान गरिने प्रधानाध्यापक बिष्नुबिक्रम शाहीली समयपाटी डटकमलाई जानकारी गराएका छन ।
कार्यक्रमलाई रोचक बनाउनेतर्फ उद्घोषक धनराज योगीले नेपाली भाषामा र आयुष पोख्रेलले अङ्ग्रेजी भाषामा आकर्षक रूपमा सञ्चालन गरेका थिए। अभिभावक, शिक्षक, र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा सबै खेलाडीहरूले आफ्नो उत्कृष्टता प्रस्तुत गरे। तिन दिनसम्म चलेको स्पर्धामा सहभागी विद्यार्थीहरूले आफ्नो प्रदर्शनले विद्यालयको प्रतिष्ठा मात्र बढाएनन्, खेलकुदप्रतिको रुचि र समर्पणलाई पनि उजागर गरे।
कार्यक्रमको समापन सत्रमा बिद्यालयका सस्थापक अध्यक्ष बिएल भारतीले खेलकुदले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा पुर्याउने योगदानको चर्चा गर्दै, सबै सहभागीलाई धन्यवाद ज्ञापन गरे। समापनमा सहभागीहरूबीचको सहकार्य र आत्मीयताको झल्कोले कार्यक्रमलाई अझ विशेष बनाएको देखिन्थ्यो। आयोजकका अनुसार, यस किसिमका कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तरता दिने योजनामा विद्यालय रहेको छ।
प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि र क्षमता विकासको बाटो प्रशस्त गरेको विद्यालय प्रशासनले जनाएको छ। चौथो जिपिएस इन्टरहाउस स्पोर्ट्स मिट २०८१ एक सफल र स्मरणीय कार्यक्रमको रूपमा सम्पन्न भएको छ।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!