जेष्ठ नागरिकको सम्मानमा कोहलपुरमा न्यानो कपडा वितरण।
स्थानीय
"कोहलपुर २ मा ४ दिने नेतृत्व विकास र उदघोषण तालिमको उत्साहजनक शुभारम्भ"!
कोहलपुर नगरपालिका २ स्थित मुक्ति आधारभूत विद्यालयमा आजदेखि ४ दिने नेतृत्व विकास र उदघोषण तालिमको शुभारम्भ गरिएको छ ।
बालबालिकालाई भविष्यको उत्कृष्ट र सक्षम नेतृत्वदाताका रूपमा तयार पार्ने उद्देश्यले उक्त तालिमको आयोजना गरीएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै कोहलपुर नगरपालिका २ का वडा अध्यक्ष तथा कायर्उक्रमका प्रमुख अतिथि हरी कठायतले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्षम र जिम्मेवार नेतृत्वको आवश्यकता रहेको बताउदै, “आजको बालबालिका नै भविष्यका नेतृत्वदाताहरू हुन्, त्यसैले तिनीहरूलाई नेतृत्वका गुण र अधिकारका विषयमा शिक्षित गर्न आजको तालिम महत्वपूर्ण छ ।
उक्त कार्यक्रममा बोल्दै संगम मिडिया लिमिटेडका अध्यक्ष हेमन्त विकले “समान्य रूपमा हामी सबैलाई थाहा छ कि नेतृत्व एउटा ठूलो जिम्मेवारी हो । आजको बालबालिका र युवा पुस्ताले नेतृत्वका सही बाटोमा अघि बढ्नका लागि यो तालिम महत्वपूर्ण अवसर हो, उनले भने यहाँ प्राप्त ज्ञान र सीपले तिनीहरूलाई समाजमा प्रभावकारी नेतृत्व गर्न सक्षम बनाउनेछ । यस्तो तालिमले मात्र युवा र बालबालिकामा नेतृत्वको भावना विकसित गर्न मद्दत पुर्याउँछ, जसले भविष्यमा समाजको अगुवाइ गर्न सक्ने उनको भनाई रहेको छ।
यस तालिममा जम्मा ३७ जना बालबालिकाको सहभागीता रहेको छ । तालिमको विषयवस्तु नेतृत्व विकास र उदघोषणको आधारभूत सन्देशलाई समेटेर प्रस्तुत गरिने भएको छ । तालिमका प्रमुख उद्देश्यहरू मध्ये नेतृत्वका गुणहरूको विकास, सार्वजनिक बोलचालको क्षमता सुधार, र सामाजिक उत्तरदायित्वको भावना निर्माण गर्ने रहेका छ । यसरी, सहभागी बालबालिकाले व्यावहारिक र सैद्धान्तिक दुवै पक्षमा विकास गर्ने अवसर पाउने भएका छन् ।
समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्षम नेतृत्व तयार पार्नका लागि यसप्रकारका तालिमहरूको महत्व छ । उक्त कार्यक्रमको सञ्चालन सामुदायिक रेडियो प्रतिवोध एफएमम कार्यरत धना केसीले गरेकी थिइन् ।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!