जेष्ठ नागरिकको सम्मानमा कोहलपुरमा न्यानो कपडा वितरण।
स्थानीय
कोहलपुरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, दीप प्रज्वलनसहित सुरु!
कोहलपुर नगरपालिका अन्तर्गत लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार कोहलपुर चौराहामा दीप प्रज्वलन कार्यक्रमसहित सुरु भएको छ।
महिला हिंसाविरुद्ध जनचेतना फैलाउनु, हिंसाको अन्त्यका लागि कानुनी र सामाजिक पहलहरूलाई प्रोत्साहन गर्नु र समान अधिकारको लागि समुदायलाई जागरूक बनाउनु हो।
कार्यक्रमको अध्यक्षता कोहलपुर नगरपालिका सामाजिक शाखाका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले अध्यक्षतामा प्रमुख अतिथि कार्यवाहक मेयर सङिता सुवेदीले दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेकी थिइन। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथ कार्यबाहक मेयर सुवेदीले महिला हिंसा समाजको समृद्धिमा बाधक भएको र यसलाई अस्वीकार गर्दै, हिंसाको अन्त्यका लागि कानुनी कारबाही, शिक्षा र सामाजिक सचेतनाको महत्त्वलाई जोड दिइन्। उनले भनिन्, "कोहलपुर नगरपालिका यस अभियानलाई पूर्ण समर्थन गर्दछ र हिंसामुक्त समाज निर्माणमा सक्रिय भूमिका खेल्नेछ।"
कार्यक्रममा नगरपालिकाका विभिन्न विभाग प्रमुख, महिला अधिकारकर्मी, सामाजिक अभियन्ता, प्रहरी प्रतिनिधि, पत्रकार र स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। विशेषत: महिलाहरूको सहभागिता कार्यक्रमको आकर्षण बन्यो। दीप प्रज्वलनपछि सहभागीहरूले लैङ्गिक हिंसाको अन्त्यका लागि ऐक्यबद्धता प्रकट गरे।
कार्यक्रममा महिला अधिकारकर्मीहरूले हिंसाका घटनाहरूमा मौन नबस्न र आवाज उठाउन सबैलाई आग्रह गरे। उनीहरूले महिला सशक्तीकरण र हिंसाविरुद्धको अभियानमा समुदायस्तरबाटै पहलकदमी आवश्यक रहेको बताए। कार्यक्रमको समापनमा अध्यक्ष विश्वकर्माले सबैलाई धन्यवाद दिँदै अभियानलाई थप प्रभावकारी बनाउन सहकार्यको महत्त्वमा जोड दिए।
लैङ्गिक हिंसा विरुद्धको यो १६ दिने अभियान हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रूपमा मनाइन्छ। यसको मुख्य उद्देश्य महिला हिंसाविरुद्ध जनचेतना फैलाउनु, हिंसाको अन्त्यको लागि कानुनी र सामाजिक पहलहरूलाई प्रोत्साहन गर्नु र समान अधिकारको लागि समुदायलाई जागरूक बनाउनु हो।
यस अभियानले महिलामाथि हुने हिंसा र भेदभावलाई समाप्त गर्न, समानता र न्यायको सुनिश्चितता हासिल गर्न, र समाजमा हिंसामुक्त वातावरण सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउदै आजको कार्यक्रम समापन गरिएको थियो।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!