कोहलपुर १० मा रहेको वृत्ति विकास कृषि सहकारीको ११ औ वार्षिक साधारण सभा सम्पन्न!
स्थानीय
कोहलपुर १० मा रहेको वृत्ति विकास कृषि सहकारीको ११ औ वार्षिक साधारण सभा सम्पन्न!
कोहलपुर, बाँके – वृत्ति विकास कृषि सहकारी संस्था लिमिटेडको ११ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
यो सहकारीले आफ्नो स्थापना कालदेखि विभिन्न सामाजिक तथा आर्थिक क्रियाकलापमार्फत शेयर सदस्यहरूको आर्थिक सशक्तीकरणमा योगदान पुर्याउँदै आएको हो।
कार्यक्रमका अध्यक्ष राम बहादुर थारुको सभापतित्वमा प्रमुख अतिथि जिल्ला सहकारी संघकी उपाध्यक्ष मीना सिग्देलले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेकी हुन। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि सिग्देलले सहकारीको महत्त्व र यसको प्रभावकारी व्यवस्थापनका लागि आवश्यक रणनीतिहरूबारे चर्चा गरिन्। उनले भनिन्, “सहकारी संस्थाहरूले सदस्यहरूको आर्थिक समृद्धिमा योगदान पुर्याउनुपर्छ। प्रभावकारी नेतृत्व र पारदर्शिता सहकारीको सफलताको आधारस्तम्भ बारेमा चर्चा गरेकी हुन्।
” विशिष्ट अतिथिका रूपमा कोहलपुर नगरपालिका वडा नम्बर १० का वडा सदस्य भीम प्रसाद पौडेलले सहकारीको प्रभावबारे आफ्नो विचार व्यक्त गरे। उनले भने, “सहकारी संस्थाहरूले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्दै आर्थिक क्रियाकलापलाई प्रोत्साहन दिन महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्।”
वृत्ति विकास कृषि सहकारी संस्थामा हाल २२०० शेयर सदस्य आवद्ध छन्। आर्थिक वर्षको अवधिमा संस्थाले २ करोड १० लाख ६३ हजार ७६६ रुपैयाँको कारोबार गरेको छ भने ३ लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको छ। सहकारीले आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्न थप योजनाहरू बनाइरहेको संस्थाले जनाएको छ।
साधारण सभामा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने शेयर सदस्यहरूलाई सम्मान गरिएको थियो। सम्मानित सदस्यहरूले सहकारीको सफलतामा आफ्नो योगदान दिन पाएकोमा खुसी व्यक्त गरेका थिए।
कार्यक्रममा कानुनी सल्लाहकार कर्ण ब. के.सी.ले सहकारी संस्थाहरूको दिगो विकासका लागि कानुनी मापदण्ड र पारदर्शिताको पालना गर्नुपर्नेमा जोड दिए। उनले भने, “सहकारीलाई दीर्घकालीन रूपमा सबल र सक्षम बनाउन संस्थागत सुदृढीकरण आवश्यक छ।”
कार्यक्रमको सहजीकरण संस्थाकी व्यवस्थापक शान्ति सिंहले गरेकी थिइन् भने सञ्चालन शेरबहादुर योगीले गरेका थिए। सभाको समापन अध्यक्ष रामबहादुर थारुले गरे। समापन मन्तव्यका क्रममा उनले सहकारीको भविष्यलाई अझ सुदृढ बनाउँदै सदस्यहरूको हितका लागि निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे। उपाध्यक्ष प्रेमनारायण पौडेल, संस्थाका पदाधिकारीहरू, र अन्य सदस्यहरू , सोही सस्थाका सम्पुर्ण कर्मचारी , शेर सदस्यहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा सहकारीले आगामी दिनमा शेयर सदस्यहरूको जीवनस्तर उकास्न थप कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको जनाइएको छ।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!