बाँकेको बैजनाथ ७ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय: शैक्षिक सेवाको नमुना!
स्थानीय
४० वर्षदेखि शिक्षाको उज्यालो छर्दै: कोहलपुर १५ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय चौधरिया!
बाँकेको कोहलपुर १५ चौधरियामा अवस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयले ४० वर्ष पूरा गरेको छ।
२०४० सालमा स्थापना भएको यो बिद्यालयका सस्थापक हुसेनी बस कुँवर र हरिराम थारुले समाजमा शैक्षिक उज्यालो छर्न उदेश्यले यो विद्यालयको जग हालेका थिए।
सुरुमा 'दिपेन्द्र प्रावि' का नाममा स्थापना भए पनि यो विद्यालयले समयसँगै आफ्नो नाम र पहिचान बदल्दै आएको छ, तर यसको शिक्षा र चेतना फैलाउने मूल उद्देश्य भने अटल छ। स्थानीय स्तरमा साक्षरताको बीउ रोप्दै बालमैत्री शिक्षण विधि अपनाउने यो विद्यालयमा अहिले २१८ विद्यार्थी अध्ययनरत छन्।
शिक्षाको गुणस्तरलाई थप माथि पुर्याउने उद्देश्यसहित विद्यालयमा १२ जना शिक्षक-शिक्षिका कार्यरत छन्, जसमा ८ महिला र ४ पुरुष छन्। शिक्षकहरूमध्ये एकजना राहत दरबन्दीमा, पाँचजना करारमा, र दुईजना बाल शिक्षा अनुदानका रूपमा कार्यरत छन्।
विद्यालयले विद्यार्थीहरूलाई डिजिटल शिक्षामा पहुँच पुर्याउन पुस्तकालय, कम्प्युटर ल्याब र स्मार्ट टिभीको व्यवस्था गरेको छ। व्यवस्थापन समितिका अध्यक्ष जगतराम थारु र शिक्षक अभिभावक संघका अध्यक्ष तोरे थारुको सक्रियताले विद्यालयको प्रगति र शिक्षाको गुणस्तर वृद्धिमा महत्वपूर्ण योगदान दिएको छ। सूचना अधिकारी पार्वती कुमारी न्यौपानेका अनुसार, विद्यालयले आगामी दिनमा पनि बालमैत्री शिक्षण र प्रविधिमैत्री शिक्षामा जोड दिने योजना बनाएको छ।
प्रधानाध्यापक विश्वनाथ थारुका अनुसार, विद्यालयको स्थापनाको उद्देश्य साक्षरतासँगै समाजमा चेतना र संस्कारको बीउ रोप्नु रहेको बताएका छन। उनका अनुसार, आधुनिक शिक्षा र प्रविधिलाई समेट्दै विद्यालयले गुणस्तरीय शिक्षामा निरन्तर सुधार गरिरहेको छ। विद्यार्थीमा नेतृत्व क्षमता विकास गर्ने लक्ष्य लिँदै शिक्षकहरूको मिहिनेत र व्यवस्थापनको योजनाबद्ध प्रयासले विद्यालयलाई उत्कृष्टताको नजीक पुर्याएको छ।
यो विद्यालयले स्थानीय समुदायमा साक्षरता र चेतनाको ज्योति फैलाउँदै समाजलाई शिक्षाको उज्यालोमा डोर्याइरहेको प्रेरणादायी उदाहरण बनेको छ।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!