बाँकेको बैजनाथ ७ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय: शैक्षिक सेवाको नमुना!
स्थानीय
भक्ति महोत्सव: ठुली एकादसीमा तुलसी विवाह सम्पन्न!
आज हरिबोधनी एकादसी अर्थात् ठुली एकादसीको पावन अवसरमा सम्पूर्ण देशभरमा हर्षोल्लासका साथ तुलसी विवाह सम्पन्न भएको छ।
हिन्दू धर्मावलम्बीहरूले परम्परागत आस्था अनुरुप भगवान विष्णु र तुलसीको विवाह समारोहलाई भक्तिपूर्वक मनाएका हुन।
यस अवसरमा विशेष गरी तुलसीको बिधिवत् पूजा गरिनुका साथै सामूहिक तथा पारिवारिक विधिमा तुलसी विवाहलाई विशेष महत्वका साथ मनाइन्छ। यस दिनमा हरिबोधनी एकादसीको उपवास बसेर भगवान विष्णुको आराधना गर्दै तुलसीको बिवाह विधिपूर्वक सम्पन्न गरिएको छ।
धर्मग्रन्थअनुसार आजकै दिन भगवान विष्णु चार महिना लामो योगनिद्राबाट जागृत हुने विश्वास रहेको छ। यसकारण यो दिनलाई हरिबोधनी एकादसीको नामले पनि चिनिन्छ। तुलसी विवाहले सुख, समृद्धि र परिवारमा शान्ति ल्याउने मान्यता रहेको हुँदा श्रद्धालुहरूले घर–घरमा यो पावन कार्य सम्पन्न गरे। काठमाण्डौ लगायत देशका विभिन्न मठमन्दिरमा समेत तुलसी विवाहको भव्य आयोजन गरि मनाइएको छ।
विशेष गरी, पशुपतिनाथ मन्दिर, गुह्येश्वरी मन्दिर, र वाग्मती किनारका अन्य मठमन्दिरमा तुलसीको विशेष पूजा सम्पन्न भयो। भक्तजनहरूले तुलसीको माला र विभिन्न प्रकारका पुष्पहरूसहित विवाह विधिलाई आकर्षक बनाएका थिए। काठमाण्डौको बसन्तपुर दरबार क्षेत्रमा समेत विशेष समारोहको आयोजना गरियो जहाँ ठूलो संख्यामा भक्तजनहरूको सहभागिता देखियो। तुलसी विवाहको कार्यक्रममा महिला, पुरुष, बालबालिका सबैको उल्लेख्य सहभागिता रहेको थियो। विशेष गरी महिलाहरूले परम्परागत पहिरनमा सजिएर तुलसीको पूजा गरे। यस अवसरमा घरघरमा तुलसीको मठमा दीप प्रज्वलन गरिनुका साथै भगवान विष्णु र तुलसीको बिवाहका लागि मण्डप सजाइ वैदिक मन्त्रोच्चारणसहित विवाह सम्पन्न गरिएकोले श्रद्धालुहरूमा निकै भक्ति र श्रद्धाको माहोल देख्न पाइन्छ।
तुलसी विवाहको अर्को महत्वपूर्ण पक्ष भनेको यो विवाहले समाजमा धार्मिक र सांस्कृतिक जागरण ल्याउनु हो। यस दिनलाई धार्मिक महत्वका रूपमा मात्र नभएर सांस्कृतिक पर्वका रूपमा समेत लिइन्छ। यस पावन दिनले भक्तजनहरूलाई धर्म, आस्था र परम्परामा जोड्न मद्दत गर्छ। समग्रमा, हरिबोधनी एकादसीको अवसरमा सम्पूर्ण हिन्दू समुदायले उत्साह र श्रद्धापूर्वक तुलसी विवाहको बिधि सम्पन्न गरिएको छ।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!