बाँकेको बैजनाथ ७ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय: शैक्षिक सेवाको नमुना!
स्थानीय
कागलाई खबरका दूतका रूपमा सम्मान गर्दै तिहारको शुरुवात!
कोहलपुर, कात्तिक १४ – नेपालीहरूको विशेष पर्व तिहारको पहिलो दिन आज काग तिहार उत्साहपूर्वक मनाइएको छ।
यस दिन कागलाई यमराजका दूत र खबरका वाहकका रूपमा बिहानैदेखि घर-घरमा कागलाई बोलाएर उसलाई मिठाई, रोटी, चिउरा, र फलफूल खुवाउने परम्परा पहिले देेेेखि चली आएको हो।
कागलाई भविष्यको संकेत दिने र खबर सुनाउने चरा मानिँदै आएको कारणले कागलाई पूजा गरी उसलाई सम्मानसहित परिकार खुवाइन्छ, जसले परिवारमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वास रहिआएको छ। बालबालिका, युवा र वृद्ध सबै कागलाई बोलाएर आफ्नो घरमा आशीर्वाद ग्रहण गर्न उत्साहित देखिन्छन्।
काग तिहारसँगै तिहारको पाँच दिन लामो उत्सवका रुपमा औपचारिक शुरुवात भएको छ। भोली लक्ष्मी पुजा भएकोले लक्ष्मीको पुजा गर्दै कुकुर तिहारमा कुकुरलाई माला र टीका लगाएर सम्मान गरिनेछ भने त्यसपछि गाई र गोवर्धन पूजा हुनेछ। अन्तिम दिन भाइटीकामा दाजुभाइ र दिदीबहिनीबीच टीका लगाएर दीर्घायु र समृद्धिको कामना आदानप्रदान गरिनेछ। तिहारले प्रकृति, जनावर र परिवारप्रतिको आदरलाई उजागर गर्दै नेपाली समाजको मौलिकता झल्काएको छ।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!