स्थानीय

प्रदीप भट्टराई अध्यक्षमा निर्वाचित, अन्जना थितालको संघर्षलाई सम्मान!

Samayapati

कोहलपुर, बाँके – कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनमा प्रदीप भट्टराई अध्यक्ष पदमा निर्वाचित भएका छन्।

उनले ७९५ मत प्राप्त गर्दै प्रतिपक्षी उम्मेदवार अन्जना थिताललाई १४९ मतले पराजित गरेका हुन्।

थितालले कुल ६४६ मत प्राप्त गरेकी थिइन्। भट्टराईको जितसँगै कोहलपुर बासीहरूले उनलाई बधाई दिएका छन्। उनीहरूले भट्टराईको नेतृत्वले उद्योग र व्यापारको विकासमा नयाँ उचाइ पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। स्थानीय व्यापारी र नागरिकले यस जितलाई कोहलपुरको प्रगतिको अवसरको रूपमा हेरिरहेका छन्।

यद्यपि अन्जना थितालले महिला उम्मेदवारको रूपमा गरेको संघर्षलाई पनि कोहलपुरबासीले उच्च सम्मान व्यक्त गरेका छन्। थितालको महिला नेतृत्वको प्रयासले भविष्यमा कोहलपुरमा महिला सहभागिता बढ्ने आशा गरिएको छ।

चुनाव परिणाम घोषणा भएसँगै थितालले भट्टराईलाई बधाई दिँदै आफ्नो अभियानले महिलाहरूलाई थप प्रेरित गर्ने बताइन्। उनले भनिन्, “मेरो यात्रा यहाँसम्म सीमित छैन, महिला नेतृत्वको सशक्तिकरणको लागि म निरन्तर लागिरहनेछु।” कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनसँगै स्थानीय व्यापारी समुदायले संघको नयाँ योजनाहरू प्रति आशा व्यक्त गरेका छन्।


प्रकाशित मिति: आइतवार, कार्तिक ४, २०८१, १०:५१:००
प्रतिक्रिया दिनुहोस्