स्थानीय

कोहलपुरमा शान्तिपूर्ण ढंगले उद्योग वाणिज्य संघको मतदान अघि बढ्दै!

Samayapati

कोहलपुर, बाँके – उद्योग बाणिज्य संघको निर्वाचन आज बिहान ८ बजेदेखि  शान्त र व्यवस्थित वातावरणमा सुरु भएको छ।

कोहलपुर उद्योग बाणिज्य संघका विभिन्न पदका लागि उम्मेदवारहरूले प्रतिस्पर्धा गरिरहेका छन्। संघको अध्यक्ष पदमा विशेष चासो रहेको यो निर्वाचनमा विभिन्न व्यवसायी समूहहरूबाट प्रतिनिधित्व गरिरहेका उम्मेदवारहरूको बीचमा कडा प्रतिस्पर्धा भइरहेको छ।

प्रमुख निर्वाचन आयुक्त लोक बहादुर शाह को निगरानीमा मतदान शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको छ। शाहले समयपाटीलाइ बताउदै  मतदान प्रक्रियाको निरीक्षण गर्दै सुरक्षा व्यवस्था र मतदानको व्यवस्थापनको सराहना गरेका छन्।

मतदान स्थलमा सुरक्षाकर्मीको उपस्थिति रहेको र मतदाताहरूले व्यवस्थित र शान्तिपूर्ण तरिकाले मतदान गरिरहेको निर्वाचन अधिकृत ऋषि शर्माले  जानकारी दिएका  छन।  निर्वाचनको प्रमुख आकर्षण महिला उम्मेदवार अञ्जना धितालको उम्मेदवारी रहेको छ। उनी संघको इतिहासमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने पहिलो महिला हुन्। धितालको उम्मेदवारीलाई व्यवसायी समुदायमा महिला सशक्तिकरणको प्रतीकका रूपमा हेरिएको छ। धितालका विपक्ष  लोकतान्त्रिक व्यावसायिक  समूहका उम्मेदवार प्रदीप भट्टराई संग प्रतिस्पर्धा गर्दैछिन्, जहाँ दुवै उम्मेदवार आ-आफ्नो एजेन्डा प्रस्तुत गर्दै व्यवसायीहरूको समर्थन हासिल गर्न प्रयासरत छन्।

मतदान कार्य साँझ ५ बजे सम्म चल्नेछ भने मतगणना तत्कालै सुरु हुने जनाइएको छ। बिहान ८ बजेदेखि ११ बजेसम्मको अपडेट अनुसार कुल १६८७ मतदातामध्ये २५% मत खसेको छ। व्यवसायी समाजले चुनावलाई संघको भावी नेतृत्व चयन गर्ने ऐतिहासिक अवसरको रूपमा हेरिरहेको छ।


प्रकाशित मिति: शनिवार, कार्तिक ३, २०८१, ११:१५:००
प्रतिक्रिया दिनुहोस्