ज्ञानोदय पुस्तकालय: कोहलपुरका विद्यार्थीहरूको अध्ययन थलो बन्दै!
स्थानीय
बिजया दशमीको अष्टमी: देवी दुर्गाको शक्तिपूजा र विजयको प्रतीक!

बिजया दशमीको महत्वपूर्ण दिनमध्ये अष्टमी दिनलाई विशेष रूपमा मनाइन्छ। हिन्दू धर्ममा यो दिनलाई शक्तिको प्रतीक देवी दुर्गाको पूजा-अर्चनाका लागि महत्त्वपूर्ण मानिन्छ।
अष्टमीका दिन विशेष रूपमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आजा गरि देवी दुर्गाको विभिन्न रूपलाई प्रतिनिधित्व गर्ने गरेकोले यस दिनलाई महाअष्टमी भनिएको हो।
जसमा दुर्गाको उपासना गर्न र देवीको शक्तिलाई सम्मान गर्न विभिन्न विधिहरू पालना गरिन्छ। हिन्दू धर्मशास्त्रअनुसार, महिषासुर नामक राक्षसलाई पराजित गर्न देवी दुर्गाले यही दिन शक्तिको प्रदर्शन गर्दै विजय हासिल गरेकी थिइन्। त्यसैले अष्टमीलाई विजयी हुने दिनको रूपमा पनि मानिन्छ। अष्टमीका दिनको पूजा विधिमा विशेष बलि दिने परम्पराले महत्त्व राख्छ।
शक्तिका देवीलाई बलि चढाएर श्रद्धालुहरूले देवीसँग शक्तिको आशीर्वाद माग्छन्। विशेष गरी पशु बलि दिने परम्परा अझै पनि कयौं स्थानमा रहँदै आएको छ। तर, धेरै ठाउँमा प्रतीकात्मक रूपमा तरकारी तथा नरिवल बलिको रूपमा चढाउने चलन पनि बढ्दै गएको छ।
नेपाल र भारतका विभिन्न स्थानमा यस दिन शक्तिपीठहरूमा विशेष पूजाआजाको आयोजना गरिन्छ। काठमाडौंको हनुमानढोका दरबार क्षेत्र, भद्रकाली मन्दिर लगायत बाँकेको बागेश्वरी मन्दिर लगायत मन्दिरहरुमा शक्तिपीठमा यस दिन ठूलो भीड लाग्ने गर्दछ। यसैगरी, घरघरमा पनि दुर्गा सप्तशती पाठ गरेर देवीलाई खुसी पार्ने प्रयास गरिन्छ।
अष्टमीको विशेष पूजा गरेर समाजमा दुष्ट शक्तिको नाश र धर्मको विजयी हुने आशा गरिन्छ। समाजमा शान्ति, समृद्धि र शक्तिको प्रतीकका रूपमा अष्टमीलाई विशेष महत्त्व दिइन्छ। यस दिन देवीको कृपा प्राप्त गर्न श्रद्धालुहरूले विशेष पूजा विध
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!