गुरुङ समुदायको २६१०औं तमु ल्होसार पर्व कोहलपुरमा भव्यताका साथ सम्पन्न!
स्थानीय
कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचन: प्रगतिशील व्यवसायिक समूहले उम्मेदवार घोषणा गर्यो।
कोहलपुर, बाँके – “व्यावसायिक संरक्षण र अधिकारको सुनिश्चितता, व्यवसायिक एकता प्रगतिशील प्यानलको प्रतिबद्धता” भन्ने नाराका साथ कोहलपुर उद्योग वाणिज्य संघको आगामी कात्तिक ३ गते हुने निर्वाचनका लागि प्रगतिशील व्यवसायिक समूहले उम्मेदवार घोषणा गरेको छ।
समूहले व्यवसायिक समुदायको हक, अधिकार, र सुरक्षा सुनिश्चित गर्दै, रोजगारी सिर्जना गर्ने र उद्योग व्यवसायको वातावरण सुधारमा केन्द्रित रहने प्रतिबद्धता जनाएको हो।
आजको कार्यक्रमका अध्यक्ष ज्ञानेन्द्र खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बाँके जिल्ला क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य सूर्य ढकालले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि ढकालले ब्यबसायिक समुदायको हक अधिकारको रक्षा गर्न प्रगतिशील व्यवसायिक समूहको प्रतिबद्धता महत्त्वपूर्ण भएको बताए। उनले आफ्नो सम्बोधनमा वर्तमान परिस्थितिमा व्यवसायिक क्षेत्रमा देखिएका चुनौतीहरूको उल्लेख गर्दै, व्यवसायिक एकता र अधिकारको सुनिश्चितताका लागि सरकार र संघीय संसद् सधैं तत्पर रहेको बताए। उनले थपे, “व्यावसायिक एकता नै सफलताको कडी हो। यस निर्वाचनमा प्रगतिशील समूहको जीतले व्यवसायिक हितको रक्षामा योगदान पुर्याउनेछ। व्यावसायिक वातावरण सुधार गर्न र आर्थिक स्थिरता ल्याउन, प्रगतिशील समूहले प्रमुख भूमिका निर्वाह गर्नेछ।” ढकालले वर्तमान अवस्थामा व्यवसायिक समुदायले सामना गरेका समस्याहरूलाई सम्बोधन गर्दै संघले व्यवसायिक समुदायको क्षमता अभिवृद्धि गर्नुपर्ने कुरामा जोड दिए।
कार्यक्रममा विशिष्ट अतिथिहरु नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य भगवती बराल, बाँके जिल्ला कमिटी सचिव बलराम भट्टराई, कोहलपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष कर्णबहादुर थापा, पूर्व अध्यक्ष नरेन्द्र प्रसाद शर्मा, पूर्व अध्यक्ष चिन्तामणि दिताल, दल व्यवसायी संघका अध्यक्ष विश्वराज खनाल, नेकपा एमाले नगर कमिटी अध्यक्ष कुलबहादुर भट्टराई लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति थियो।
विशिष्ट अतिथि भगवती बरालले “सामाजिक, आर्थिक र व्यवसायिक विकासका लागि संघको नेतृत्वमा परिवर्तन आवश्यक छ। प्रगतिशील समूहको उम्मेदवारीले समाजलाई नयाँ दिशा दिन सक्छ। यो समूहले महिलाको नेतृत्वलाई पनि सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।” उनले व्यवसायिक समुदायमा महिलाको सहभागिता बढाउन जोड दिँदै महिला नेतृत्वले नयाँ दृष्टिकोण र रणनीति ल्याउने विश्वास व्यक्त गरिन्।
दल व्यवसायी संघका अध्यक्ष विश्वराज खनालले व्यवसायिक एकतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै भने, “नयाँ नेतृत्वले व्यवसायिकहरूको हक र अधिकारको रक्षामा सशक्त भूमिका खेल्ने विश्वास छ। व्यवसायिक हितका लागि संघको नेतृत्व सशक्त र प्रगतिशील हुनु आवश्यक छ।
” कोहलपुर उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष लक्ष्मण राज पौडेलले कोभिड महामारीको समयमा संघले खेलेको भूमिकाको चर्चा गर्दै भने, “व्यवसायिक समुदायलाई राहत दिनका लागि संघले एम्बुलेन्स, अक्सिजन, स्यानिटाइजेशन र भाडामा छुट जस्ता महत्त्वपूर्ण कदम चालेको थियो। ३४ सय व्यवसायिक सदस्यबाट १६ सय व्यवसाय घटे पनि संघले आफ्नो कर्तव्यमा कमी गरेको छैन। आगामी दिनमा पनि संघले व्यवसायिक समुदायलाई प्राथमिकतामा राखेर काम गर्नेछ।” उनले थप भने, “संघले कोभिडको समयदेखि लिएर हालसम्म विभिन्न योजनाहरू अगाडि ल्याएको छ, जसले व्यवसायिक वातावरणलाई थप सुदृढ बनाएको छ। आगामी नेतृत्वले पनि यस्ता योजनाहरू निरन्तरता दिनेछ भन्ने आशा राखेको छु।
” संस्थापक अध्यक्ष कर्णबहादुर थापाले पनि कोभिड महामारीको समयमा संघले व्यवसायिक समुदायका लागि महत्त्वपूर्ण सेवा प्रदान गरेको उल्लेख गर्दै, आगामी नेतृत्वले महिला नेतृत्वलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे। "महामारीको समयमा संघले अत्यावश्यक स्वास्थ्य सेवा र अन्य राहतका कार्यक्रम सञ्चालन गरेर व्यवसायिक समुदायलाई ठूलो राहत दिएको थियो," उनले भने। थापाले भने, “संघले कठिन समयमा पनि व्यवसायिक हितलाई अगाडि राखेर विभिन्न कदमहरू चाल्यो। अब महिला नेतृत्वलाई सशक्त बनाउँदै, भविष्यमा अझ प्रभावकारी काम गर्नुपर्ने आवश्यकता छ।
” नेकपा एमाले नगर कमिटी अध्यक्ष कुलबहादुर भट्टराईले व्यवसायिक हितका लागि संघको आगामी नेतृत्वले थप प्रगतिशील कदम चाल्नुपर्ने आवश्यकता औंल्याए। "अबको नेतृत्वले व्यवसायिक समुदायको अधिकार र सुरक्षामा बलियो भूमिका निर्वाह गर्नुपर्छ," उनले जोड दिए। "संघको आगामी नेतृत्वले व्यवसायिक हितका लागि प्रगतिशील योजनाहरू ल्याउनुपर्नेछ," भट्टराईले भने।
प्रगतिशील व्यवसायिक समूहका तर्फबाट अध्यक्ष पदका उम्मेदवार अञ्जना धितालले आफ्नो उम्मेदवारी घोषणा गर्दै व्यवसायिक समुदायको हितमा कटिबद्ध रहने बताइन्। उनले भनिन्, "हामी व्यवसायिक क्षेत्रमा देखिएका समस्या समाधान गर्न र एकता कायम गर्न हरसम्भव प्रयास गर्नेछौं। हामी व्यवसायिक समुदायका हक अधिकार र उनीहरूको संरक्षणमा दृढ छौं।
घोषणा कार्यक्रमका अध्यक्ष अन्जना धिताल| वरिष्ठ उपाध्यक्ष भूपेन्द्र काफ्ले| उद्योग उपाध्यक्ष अर्जुन सुवेदी| उपाध्यक्ष रूपक भुजेल| महासचिव दीपक अर्याल| उपमहासचिव गोपाल अधिकारी| कोषाध्यक्ष गङ्गा| बगाले| सह कोषाध्यक्ष| खनाल| सदस्य कृष्ण रानाबाट भगवती कँडेल रविप्रसाद कर्मचारी| मोति प्रसाद सुवेदी| अस्मिता केसी| परिवर्तन विश्वकर्मा| राजीव शर्मा| प्रतिमा खड्का| अङ्कित सिग्देल| एकबहादुर खड्का| बिक्की थापा| एसेसेट सदस्य किल रानाभाट लगायतका पदाधिकारीहरूको नाम घोषणा गरिएको छ।
कार्यक्रमको समापनमा अञ्जना धितालले सबै सहभागीलाई धन्यवाद ज्ञापन गर्दै संघको आगामी निर्वाचनमा समर्थन र सहकार्यको अपेक्षा गरिन्। उनले भनिन्, “संघको नेतृत्वमा परिवर्तन गर्दै, व्यवसायिक समुदायलाई नयाँ उचाइमा पुर्याउन हामी दृढ छौं।” कार्यक्रम सञ्चालन व्यवसायिक समुदायका सक्रिय सदस्य सुुुधन ढकालले गरेका थिए।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!