बाँकेको बैजनाथ ७ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय: शैक्षिक सेवाको नमुना!
स्थानीय
कोहलपुर १२ मा रहेको डाइमण्ड स्टार एकेडेमी: गुणस्तरीय शिक्षा र सामाजिक उत्तरदायित्वमा अग्रणी!
कोहलपुर नगरपालिका वडा नम्बर १२ मा रहेको डाइमण्ड स्टार एकेडेमी, २०७१ सालमा स्थापना भएको एक प्रतिष्ठित सस्थागत विद्यालयको रुपमा चिनिन्छ।
यस विद्यालयले मुख्यतया बालबालिकालाई आधुनिक र मोंटेस्वरी शिक्षण विधिबाट शिक्षित गर्दै उनीहरूको सम्पूर्ण सार्बाङ्गिग विकास गर्नु यस बिद्यालयको मुख्य उदेश्य हो।
शैक्षिक, मानसिक, र सृजनात्मक क्षमताहरूलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित स्थापना गरिएको यस विद्यालयले विद्यार्थीहरूलाई सृजनशील बनाउन विशेष जोड दिएको छ। विद्यार्थी संख्या र संरचना हाल विद्यालयमा ३५० जना विद्यार्थीहरू अध्ययनरत छन्, जसमा नर्सरी कक्षादेखि कक्षा ६ सम्मका कक्षाहरू संचालन भइरहेका छन्।
मोंटेस्वरी शिक्षण पद्धतिद्वारा शिक्षा प्रदान गरिने यस विद्यालयमा १७ जना स्टाफहरु कार्यरत छन्, जसमा १५ जना शिक्षक र २ जना गैर-शिक्षक कर्मचारी रहेका छन्। शिक्षण स्टाफ क्रियाशील, दक्ष र अनुभवी छन्, जसले विद्यार्थीहरूको समग्र विकासमा योगदान पुर्याउँदै आएका छन्।
अध्यक्ष सुनिता थापाको नेतृत्वमा विद्यालयको व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारी अध्यक्ष थापाले निर्वाह गरिरहेकी छन्। विद्यालयको समग्र प्रगति, विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न तथा शिक्षक र विद्यार्थीहरू बीचको समन्वयमा उनले विशेष भूमिका खेलेकी छन्। विद्यालयको समाजप्रतिको जिम्मेवारीलाई ध्यानमा राख्दै उनले ३५ जना अति बिपन्न, बिपन्न र न्यून आयस्तरका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ भने यस्तै, अभिभावक बिहिन विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिका साथै निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ।
विद्यालयकी प्रिन्सिपल गीता शर्माले शैक्षिक गुणस्तर सुधार्न र विद्यार्थीहरूको सृजनशीलता, आत्मनिर्भरता र अनुशासनलाई प्रवर्द्धन गर्न निरन्तर प्रयासरत छिन्। उनको नेतृत्वमा विद्यालयले प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलापको आयोजना गर्दै आएको छ, जसले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न सहयोग पुर्याउँछ। शर्माको उत्कृष्ट नेतृत्व र शिक्षण व्यवस्थापनले विद्यार्थीहरूलाई पाठ्यक्रमबाहेकका गतिविधिहरूमा पनि सहभागी गराउन र सृजनशील बन्न प्रोत्साहित गरेको छ।
समाजप्रति योगदान डाइमण्ड स्टार एकेडेमीले समाजका आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। यस कार्यक्रमले ३५ जना विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ पुर्याइरहेको छ, जसले उनीहरूको शैक्षिक यात्रा सहज बनाएको छ। विद्यालयले सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता देखाउँदै समुदायमा आफ्नो प्रतिष्ठा मजबुत पारेको छ।
डाइमण्ड स्टार एकेडेमीको यो प्रयासले गुणस्तरीय शिक्षामा नयाँ मापदण्ड कायम गरेको छ, जसले गर्दा विद्यालयले स्थानीय र क्षेत्रीय स्तरमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!