स्थानीय

खजुरामा बाघको आक्रमण: दुई वर्षीय बालिका बेपत्ता!

Samayapati

नेपालगन्ज— खजुरा गाउँपालिका वडा नम्बर ६, ओली चोकमा एक दुःखद घटना घटेको छ।

आज बेलुका करिब ८ बजे, दुई वर्षीय बालिका लक्ष्मी पुनलाई बाघले आक्रमण गरी बेपत्ता बनाएको हो।

बालिकाको आमा खोरमा बाख्रालाई रोटी खुवाउने क्रममा यो घटना भएको बताइएको छ। स्थानीयवासी कृष्ण सुनारका अनुसार, यस क्षेत्रमा पछिल्लो समय बाघको उपस्थिति बढ्दो छ। बाघले यसअघि कुकुर र बाख्रा लिएर गएको भए पनि, आजको घटना निकै भयावह भएको उनले बताए।

बाघको आक्रमणको यो पहिलो मानवीय क्षति हो, जसले गाउँभर त्रास फैलाएको छ। घटनाको खबर पाउनासाथ स्थानीयहरूले खोजीकार्य सुरु गरेका छन् तर अहिलेसम्म बालिकाको कुनै अत्तोपत्तो लागेको छैन।


प्रकाशित मिति: सोमवार, भदौ ३१, २०८१, ०७:५७:००
प्रतिक्रिया दिनुहोस्