स्थानीय

सामुदायिक रेडियो प्रशारक संघ अकोराव नेपालको केन्द्रीय सदस्यमा हेमन्त बिक पुन निवार्चित ।

Samayapati

सामुदायिक रेडियो प्रशारक संघ अकोराव नेपालको केन्द्रीय सदस्यमा हेमन्त बिक पुन निवार्चित हुनुभएको छ ।

संघको १८औं साधारणसभा तथा आठौं अधिवेशनबाट सामुदायिक रेडियो प्रतिबोध एफ एमका स्टेसन म्यानेजर हेमन्त बिक दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको हो ।

दुई दशक देखि पत्रकारिता गरिरहनुभएका बिकले सामुदायिक रेडियोको आन्दोलमा समेत आफ्नो महत्वपुर्ण भुमिका निवार्ह गदै आउनुभएको छ । प्रेस चौतारी बाँके का पुर्व अधयक्ष समेत रहनुभएका बिकले पत्रकारका बिभिन्न छातासंगठनमा रहेर समेत काम गरिसक्नुभएको छ ।

 सामुदायिक रेडियोहरुको संस्थागत बिकास तथा श्रमजिवी पत्रकारको पेशागत हकहित स्थापितका लागि अगामी दिनका काम गर्ने बिकले प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । बाँके जिल्लामा रहेका सामुदायिक रेडियोहरुको बिकास तथा सुधार सगै मोफसलमा बसि पत्रकारिता गर्ने सयौँ पत्रकारको सुख दुखमा काम गर्ने उद्देश्य बोकेर पुन दोस्रो कार्यकालका लागि निर्वाचित भएको बिकले बताउनुभयो ।

यस्तै सामुदायिक रेडियो प्रसारक संघ नेपाल अकोराब को अध्यक्षमा पुनः अर्जुन गिरी निर्विरोध निर्वाचित हुनुभएको छ भने । अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा, दलित उपाध्यक्ष गोपाल बराइली, मधेसी उपाध्यक्ष नवीन नरसिंह नेपाली, महासचिव बन्दना दनुवार, सचिव भक्त स्याङ्तान, लेखा समिति संयोजकमा सङ्गीत बस्याल र सदाचार समितिमा टीकाजंग थापा निर्विरोध निर्वाचित भएका छन् ।


कोशी प्रदेश अध्यक्ष टेकबहादुर खड्का, गण्डकी प्रदेश अध्यक्ष ओमकार आचार्य, लुम्बिनी प्रदेश अध्यक्ष नवीन केसी र कर्णाली प्रदेश अध्यक्षमा प्रतीक इच्छुक शर्मा पनि निर्विरोध निर्वाचित भएका छन् ।

 

 


प्रकाशित मिति: आइतवार, भदौ ३०, २०८१, १२:०९:००
प्रतिक्रिया दिनुहोस्