स्थानीय

बालदिवसको अवसरमा थर्पुमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, जनता मावि पैक प्रथम!

Samayapati

 कुशे गाउँपालिका–६ थर्पुमा ६० औं बालदिवसको अवसरमा ह्यूमन रिसोर्स डेभलपमेन्ट सेन्टर (HRDC) द्वारा आयोजित हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा कुशे गाउँपालिका–९ स्थित जनता मावि, पैकका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका हुन।

 कार्यक्रमको अध्यक्षता कुशे गाउँपालिका बाल संजालका संयोजक प्रकाश उपाध्यायको अध्यक्षतामा  सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष उपाध्यायले बालबालिकाको हक र अधिकारको संरक्षण, विकास र प्रवर्द्धनमा यस्ता कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए। उनले भनिन, “बालबालिकाले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउने अवसरको कमी हुनु हुँदैन। यस्ता प्रतिस्पर्धाले उनीहरूको आत्मविश्वास बढाउने र भविष्यमा सफल हुन सहयोग पुर्‍याउँछ। गाउँपालिकाले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।” 

कार्यक्रमका प्रमुख अतिथि शिहले - बालबालिकाको सर्वाङ्गिण विकासका लागि यस्ता कार्यक्रमहरूको आवश्यकता अपरिहार्य रहेको बताइन्। उनले भनिन्, “बालबालिकाको सिर्जनशीलता, आत्मविश्वास र प्रतिस्पर्धी भावना यस्ता प्रतियोगिताबाट विकास हुन्छ। स्थानीय तहबाट यस्ता कार्यक्रमलाई निरन्तरता दिन हामी संकल्पित छौँ।”

प्रमुख प्रशासकीय अधिकृत लाल भक्त शाहीले सहभागी विद्यार्थीहरूको प्रयासको प्रशंसा गर्दै भने, “यस्ता कार्यक्रमहरूले बालबालिकाको अधिकारको संरक्षणमा दीर्घकालीन योगदान पुर्‍याउँछ। शिक्षा र व्यवहारिक जीवनमा बालबालिकालाई उन्नति गर्न प्रेरित गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिन हामी कटिबद्ध छौँ।”

कार्यक्रममा उपस्थित रेडियो पृथ्वी एफएमका स्टेशन म्यानेजर सरु बस्नेत विभिन्न वडाका वडा अध्यक्ष  अतिथिहरू, शिक्षक शिक्षिका बिध्यार्थी  र समाजसेवीहरूले विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र, पदक र पुरस्कार वितरण गरे। अन्य विद्यालयका शिक्षकहरूले पनि आफ्ना विद्यार्थीहरूको जोश र जाँगरको प्रशंसा गरे।

समापन समारोहमा अध्यक्ष उपाध्याय  सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता जनाए। 

 


प्रकाशित मिति: शनिवार, भदौ २९, २०८१, ०८:३८:००
प्रतिक्रिया दिनुहोस्