स्थानीय

कोहलपुरमा ज्ञानोदय पुस्तकालयद्वारा बाल दिवसको अवसरमा निबन्ध प्रतियोगिता सम्पन्न!

Samayapati

६० औं बाल दिवसको अवसरमा ज्ञानोदय पुस्तकालय तथा स्रोतकेन्द्रको आयोजनामा आज, शनिबार, आधारभूत तह (कक्षा १ देखि ५) का विद्यार्थीहरूका लागि निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ।

६० औं बाल दिवसको अवसरमा बालबालिकाहरूको सृजनात्मकता, लेखन क्षमता र बौद्धिक विकासलाई प्रवर्द्धन गर्दै बाल दिवसको महत्वलाई उजागर गरिएको हो।

कार्यक्रमका सभापति तथा अध्यक्ष चेतकान्त भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि कोहलपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष लाल बहादुर रानाले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए।

प्रमुख अतिथि रानाले उद्घाटन सत्रमा बोल्दै बालबालिकाहरूको बौद्धिक विकास र लेखन क्षमतामा जोड दिन आवश्यक रहेको बताए। उनले भने, "यस प्रकारका प्रतियोगिताहरूले विद्यार्थीहरूको सृजनात्मक क्षमतामा वृद्धि ल्याउन महत्वपूर्ण भूमिका खेल्छन्।"

विशिष्ट अतिथि तथा सल्लाहकार  रुद्रमणि न्यौपानेले छोटो मन्तव्य दिंदै बालबालिकाको उज्ज्वल भविष्यको कामना गरे। उनले थपे, "आजको यस्ता अवसरले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्न मञ्च उपलब्ध गराउँछ।"

अन्य अतिथिहरूमा  शिवशक्ति आधारभूत विद्यालयका प्र.अ. बर्दी प्रसाद सापकोटा, सोही सस्थाका सदस्य छबिलाल पाण्डे,नेपाल राष्ट्रिय आधारभूत विद्यालयका श्याम सुन्दर भुजेल, ज्ञानज्योति माविका सुमित्रा भण्डारी, निम्बल एकेडेमीका अमृत अधिकारी, ढकेरीका चूडामणि ढकाल, तथा ज्ञानोदय पुस्तकालयका सदस्यहरू र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा १४ वटा विद्यालयका छात्रछात्राहरूले भाग लिएका थिए।

जनज्योति पब्लिक स्कुल की सदिक्षा हमाल प्रथम स्थानमा विजयी भइन् भने निम्बल एकेडेमीका आर्जु पाण्डे दोस्रो र त्रिभुवन नमुना माविका दिनेश चौधरी तेस्रो भए। कार्यक्रमको समापन अध्यक्ष चेतकान्त भट्टराईले गरेका हुन । कार्यक्रमको ब्यबस्थापन शिभधोज शाही र   सञ्चालन तथा सहजीकरण ज्ञानोदय पुस्तकालयका सचिव एकराज शर्माले गरेका थिए।


प्रकाशित मिति: शनिवार, भदौ २९, २०८१, ०३:५६:००
प्रतिक्रिया दिनुहोस्