स्थानीय

मुटु थिचिएको छ, तर नयाँ घर बनाउने प्रतिबद्धता अटल ! (कतिता)

Samayapati

बिनोद रोकाय जाजरकोट कुशे ९ पैक,

बगरले रहर बगाएपछि के आउनु !

घर, बस्ती, शहर बगाएपछि के आउनु !!

आफ्नै आँखाबाट बग्यो आँसु नदीझैँ !

मुटु थिचिन्छ पीडाले, उस्तै छ व्यथा अझै !!

बाआमाको अनुहारमा चिन्ता झन् गहिरो !

बनाउनु छ घरको पिलर, मेरो कर्तव्य पहिरो !!

सपना जोगाउनु छ, सम्भाल्नुछ जग !

कसरी आउँछु म, बाटो छ अप्ठ्यारो र अपुग !!

हावासँगै उड्यो मेरो बालापन !

तर कर्म गर्नुछ, जस्तोसुकै होस् जालापन !!

पिठ्युँमा बोक्नुछ भार, उठाउनुछ इज्जत !

आफ्नै बलबुताले बनाउनेछु नयाँ घरको हस्ताक्षर !!


प्रकाशित मिति: शनिवार, भदौ २२, २०८१, ०८:४५:००
प्रतिक्रिया दिनुहोस्