स्थानीय

कोहलपुर बाँकेमा सुरक्षा र न्याय परियोजना २०८१ को परिचयात्मक कार्यक्रम सम्पन्न।

Samayapati

कोहलपुर, बाँके: बाँकेको कोहलपुर नगरपालिकामा सुरक्षा र न्याय परियोजना २०८१ को परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

यो परियोजना बेलायतको अन्तर्राष्ट्रिय विकास निकायद्वारा समर्थित छ र स्थानीय समुदायमा सुरक्षा र न्याय प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।

कार्यक्रमको अध्यक्षता कोहलपुर नगरपालिकाकी कार्यबाहक मेयर संगिता सुवेदीले गरेकी थिइन। यो परियोजनाको दीर्घकालीन लाभबारे स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। कार्यक्रममा कानूनी क्षेत्रका व्यक्तित्वहरू, सुरक्षा निकायका प्रतिनिधिहरू, र समाजसेवीहरू समेत उपस्थित थिए।

कार्यक्रमको उद्देश्य: परियोजनाको मुख्य उद्देश्य स्थानीय समुदायमा कानूनी सहायता र न्यायिक सेवाहरूको पहुँचलाई विस्तार गर्नु हो। विशेष रूपमा, विद्यालय भित्रका किशोर-किशोरीहरू, विद्यालय बाहिरका युवा, महिला, र पुरुषहरूलाई लक्षित गर्दै विभिन्न गतिविधिहरू सञ्चालन गरिनेछन्। कार्यक्रमका गतिविधिहरू: १.कानूनी सचेतना: समुदायका व्यक्तिहरूसँग सहकार्य गर्दै कानूनी सचेतना कार्यक्रम, अन्तरक्रिया, तालिम, र कार्यशालाहरू सञ्चालन गरिनेछ। २. सरोकारवालासँग सहकार्य: स्थानीय प्रशासन, कानूनी निकाय, र सुरक्षा निकायहरूसँग सहकार्य गर्दै समाजमा सुरक्षा र न्याय प्रवर्द्धन गर्नु परियोजनाको अर्को प्रमुख उद्देश्य हो। यसले स्थानीय समस्याहरूको समाधानमा महत्वपूर्ण भूमिका खेल्नेछ।

कोहलपुर नगरपालिकालाई परियोजनाको लागि छनोट गर्ने कारणहरू:कोहलपुर बाँके जिल्लाको प्रमुख नगर हो, जहाँ लुम्बिनी प्रदेशका अन्य क्षेत्रहरूसँग राम्रो सडक संजाल छ। यहाँका विभिन्न जाति, समुदाय, र आर्थिक पृष्ठभूमिका मानिसहरूको बसोबासले परियोजनाका उद्देश्यलाई प्रभावकारी रूपमा लागू गर्न सहयोग पुर्याउँछ। स्थानीय प्रशासन र कानूनी निकायहरूको समर्थन र सहकार्यले पनि परियोजनाको सफल कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

अतिथिहरूको सहभागिता: कोहलपुर नगरपालिका प्रबक्ता एबम वडा नम्बर १४ का अध्यक्ष नव बहादुर आले, मगर :"यस परियोजनाले कोहलपुरमा न्यायिक सुधारको मार्ग प्रशस्त गर्नेछ।" - सामाजिक विकास शाखाका संयोजक: ईस्वरी प्रसाद विश्वकर्मा- "सुरक्षा र न्यायको सुदृढीकरणले समुदायको समग्र विकासलाई प्रवर्द्धन गर्नेछ।" -अनिता बुढा क्षेत्री, आर्थिक विकास शाखाकी संयोजक:"परियोजनाले आर्थिक असमानता घटाउन र न्यायको पहुँच विस्तार गर्न मद्दत गर्नेछ।" - डम्बर खड्का, वडा नम्बर १३ का अध्यक्ष:"यो परियोजना स्थानीय युवा र किशोरीहरूलाई कानूनी सचेतना दिन महत्वपूर्ण हुनेछ।" - जंग बहादुर डाँगी, अपांग नवजीवन केन्द्रका अध्यक्ष: "विशेषगरी अपांगता भएका व्यक्तिहरूको न्यायिक अधिकार सुनिश्चित गर्न परियोजना प्रभावकारी हुनेछ।" - दिपेन्द्र श्रेष्ठ, वडा नम्बर ५ का अध्यक्ष:"कानूनी सहायता सबैको पहुँचमा पुर्याउन परियोजना अपरिहार्य छ।" - लाल बहादुर राना, वडा नम्बर ८ का अध्यक्ष: "विशेषगरि यो परियोजनाले सम्बन्धि स्थानीय प्रशासन र समुदायबीचको सहकार्यलाई सुदृढ पार्नेछ।" - दिपेन्द्र चौधरी, वडा नम्बर १५ का अध्यक्ष: "सुरक्षा र न्यायको प्रवर्द्धनले समुदायमा दीर्घकालीन शान्ति र स्थिरता ल्याउनेछ।" - ठक्का थारु, वडा नम्बर ७ का अध्यक्ष: "समुदायमा कानूनी सचेतनाको कमीले धेरै समस्या जन्माउँछ, यो परियोजनाले समाधान दिन्छ।" - गौरा भट्टराई, वडा नम्बर १० का अध्यक्ष:"परियोजनाले स्थानीय नागरिकहरूलाई न्यायसम्मको पहुँचमा ठूलो फड्को मार्न मद्दत गर्नेछ।" - श्रीकृष्ण थारु, वडा नम्बर ६ का अध्यक्ष: "न्यायको पहुँचले समुदायलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।" - मुबारक अली गुजर, वडा नम्बर ४ का अध्यक्ष: "समुदायमा कानूनी ज्ञानको अभावले समस्या बढाएको छ, यो परियोजना त्यसको समाधान हो।

अतिथिहरु : ईलाका प्रहरी कार्यालयका प्रमुख धर्मराज भण्डारी , कोहलपुर नगर शिक्षा प्रमुख राम बहादुर हमाल , कोहलपुर नगर स्वास्थ्य प्रमुख अनिल सेन ठकुरी , दलित सेवा संघ बाकेका अध्यक्ष बुद्ध सुनार, सामुदायिक रेडियो प्रतिबोध एफएमका स्टेशन म्यानेजर हेमन्त बि.क लगायत विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो।  कोहलपुर नगरपालिकाकी कार्यबाहक मेयर संगिता सुबेदीले कार्यक्रमको अन्त्यमा, सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको उद्देश्य र प्रभावकारिता बारेमा संक्षिप्त चर्चा गरे। उनले कोहलपुर नगरपालिकामा सुरक्षा र न्याय परियोजना जस्ता कार्यक्रमहरूको कार्यान्वयनले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। कार्यक्रमको समापनमा, सहभागीहरूले कोहलपुर नगरपालिकामा सुरक्षा र न्याय परियोजनाको सफल कार्यान्वयनले स्थानीय समुदायमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन।


प्रकाशित मिति: बुधवार, भदौ १९, २०८१, ०८:३३:००
प्रतिक्रिया दिनुहोस्