बसोबास महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ वार्षिक साधारण सभा सम्पन्न।
स्थानीय
दियालो परिवार कोहलपुरद्वारा तीज विशेष सांस्कृतिक कार्यक्रमको औपचारिक उद्घाटन, भोलिदेखि भव्य धमाका।
कोहलपुर, बाँके – दियालो परिवार कोहलपुर बाँकेले हरितालिका तीज पर्वलाई विशेष बनाउँदै 'तीज विशेष सांस्कृतिक कार्यक्रम'को आज औपचारिक रुपमा उद्घाटन गरेको छ।
"मौलिक कला हाम्रो दायित्व, संस्कार हाम्रो पहिचान" भन्ने नाराका साथ उद्घाटन यस कार्यक्रम दियालो परिवारले आफ्नो ऎतिहासिक २० औ बर्षगाठको अबसरमा हरितालिका तिजपर्वलाई विशेष बनाउदै तीजको सांस्कृतिक महत्वलाई उजागर गरेको हो।
दियालो परिवारकी अध्यक्ष भावना पाठकको अध्यक्षतामा कोहलपुर नगरपालिकाकी कार्यवाहक मेयर सङ्गिता सुवेदीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरिन्। उद्घाटन सत्रमा प्रमुख अतिथि सुवेदीले महिलाहरूको महान चाड हरितालिका तीजको सांस्कृतिक र सामाजिक महत्त्वलाई विशेष रूपमा जोड दिँदै, यसले महिलाहरूको जीवनमा ल्याउने सकारात्मक परिवर्तनको कुरा गरिन्। उनले भनिन्, "तीज केवल एक पर्व मात्र होइन, यो महिलाहरूको आत्मबल र सामाजिक परिवर्तनको प्रतीक हो। हाम्रो समाजमा महिलाहरूको अधिकार सुनिश्चित गर्न, उनीहरूको आवाज बुलन्द बनाउन र परम्परागत संस्कृतिको संरक्षण गर्न तीजले विशेष भूमिका खेल्दै आएको छ।" साथै, उनले तीजको अवसरमा आयोजित कार्यक्रमहरूले महिला सशक्तिकरणलाई अझ प्रोत्साहन गर्ने आशा व्यक्त गरिन्।
विशिष्ट अतिथि तथा यस कार्यक्रमका मुख्य प्रयोजक पानस गुरुपका सञ्चालक ज्ञानेन्द्र खनालले तीज पर्वको अवसरमा आयोजित यस किसिमको कार्यक्रमले महिलाहरूको सशक्तिकरण र सांस्कृतिक जगेर्नामा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले तीज पर्वलाई हाम्रो मौलिक संस्कारको रूपमा लिने र यसको संरक्षण गर्नुपर्ने धारणा राखे।
त्यसैगरी, विशिष्ट अतिथि होटल डिभाइनडिसका सञ्चालक ओम प्रकाश चापागाईंले तीज पर्वलाई समाजमा नयाँ चेतना फैलाउने माध्यमको रूपमा स्वीकार्दै, यसले महिलाहरूलाई एकतामा बाँध्न भूमिका खेलेको बताए।
कार्यक्रममा अतिथि महिला उद्यमी अञ्जना पाण्डेले महिलाहरूको आर्थिक सशक्तिकरणको कुरा गर्दै, तीज पर्वले महिलाहरूको आत्मविश्वास बढाउन मद्दत पुर्याउने बताइन्।
अतिथि कोहलपुर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष बिरेन्द्र कुमार शाह, वडा नम्बर ८ का अध्यक्ष लाल बहादुर राना, नेपाल घरेलु साना उद्योग महासंघ कोहलपुर शाखाका अध्यक्ष हेम बिक्रम जि.सी., सामुदायिक रेडियो कोहलपुर एफएमका सल्लाहकार विष्णु बेल्बासे, र पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगीन शर्मा लगायतका अतिथिहरुले पनि तीज पर्वको महत्वलाई चर्चा गर्दै, दियालो परिवारको यो प्रयासको प्रशंसा गरे।
कार्यक्रममा उपस्थित अतिथिहरू, पत्रकार, उद्योगी, व्यापारी, विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिहरू र महिला दिदीबहिनीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रमहरू पनि विशेष आकर्षणको केन्द्र बनेका थिए।
कार्यक्रमको अन्त्यमा, अध्यक्ष भावना पाठकले आफ्ना भनाइ राख्दै यो कार्यक्रम आज भाद्र १९ गतेदेखि भाद्र २६ गते सम्म संचालन हुने बताउदै आजको कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिँदै, यस्तो कार्यक्रमले तीज पर्वको सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाएको बताइन्। कार्यक्रमलाई सरल तथा मीठो शैलीमा पत्रकार कल्पना कार्कीले सञ्चालन गरेकी थिइन्।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!