बसोबास महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ वार्षिक साधारण सभा सम्पन्न।
स्थानीय
कोहलपुरमा नेपाली कांग्रेस बाँके महिला शाखाद्वारा दर खाने कार्यक्रम सम्पन्न।
कोहलपुर, बाँके— नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. १ बाँके महिला शाखाद्वारा कोहलपुरस्थित भेरी शीतभण्डारमा आयोजित शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेपाली कांग्रेसका कार्यकर्ताहरू बीच समन्वय, सहकार्य, र एकताको भावना बलियो बनाउँदै महिला सशक्तिकरणका मुद्दाहरूलाई सामाजिक, आर्थिक, र राजनीतिकरूपमा सहभागिता बढाउन यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको हो।
कार्यक्रमकी अध्यक्ष नमिता रावतको अध्यक्षतामा प्रमुख अतिथि लुम्बिनी प्रदेश कांग्रेस सभापति अमर शिह पुनले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि पुनले पार्टीको ऐतिहासिक पृष्ठभूमिलाई स्मरण गराउँदै महिला सशक्तिकरणमा कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताए। उनले भने, "नेपाली कांग्रेसले जहिले पनि महिलाहरूको हक, अधिकार र समानताको लागि संघर्ष गर्दै आएको छ। अहिलेको समयलाई अवसरका रूपमा उपयोग गर्दै हामीले महिलाहरूको सशक्तिकरणको अभियानलाई थप बलियो बनाउनुपर्छ।
" विशिष्ट अतिथि बाँके कांग्रेस सभापति नारायण प्रसाद गौडेलले कार्यक्रममा आफ्नो धारणा राख्दै, महिला सशक्तिकरणलाई स्थानीय तहदेखि राष्ट्रिय तहसम्म सशक्त बनाउने अभियानमा कांग्रेसको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए। गौडेलले भने, "महिलाको हक अधिकारको सुनिश्चितता गर्न नेपाली कांग्रेसले जहिले पनि अग्रणी भूमिका खेलेको छ। अबको यात्रामा हामी सबैले मिलेर यस अभियानलाई थप मजबुत बनाउनु आवश्यक छ।
अन्य अतिथिहरूमा बाँके जिल्ला पुर्ब सभापति किरण कोइराला , पोषण के.सी, कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्य, उपमेयर संगिता सुवेदी, कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस कोहलपुर नगर कमिटीका अध्यक्ष बिरेन्द्र कुमार शाह, कोहलपुर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष गौरा भट्टराई , यज्ञ बहादुर बस्नेत, लुट बहादुर के.सी., गङ्गा राम चौधरी, रतन बहादुर बुढा, राम कुमारी के.सी., र सुनिता शिह लगायतका व्यक्तित्वहरूले पनि महिला सशक्तीकरणको अभियानमा आ- आफ्ना धारण राख्दै उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको अन्त्यतिर अध्यक्ष नमिता रावतले विशेष गरि महिला सहभागीहरु सबैलाई धन्यवाद ज्ञापन गर्दै महिला सशक्तिकरणको अभियानमा सबैको एकताबद्ध प्रयास आवश्यक रहेकोमा जोड दिइन्। उनले भनिन्, "महिलाहरूको हक, अधिकार र समानताका लागि हामीले मिलेर अघि बढ्नुपर्छ। यो कार्यक्रमले हामीलाई एकताबद्ध र सशक्त बनाउने प्रेरणा दिएको छ।" रावतले कार्यक्रमको सफलताका लागि सबैको सहभागिता महत्वपूर्ण रहेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दै कार्यक्रमको समापन गरिन्।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय कार्य समितिको क्षेत्रीय सदस्य अन्जु न्यौपानेले सहजीकरण गरेकी थिइन्।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!