बसोबास महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ वार्षिक साधारण सभा सम्पन्न।
स्थानीय
नेपालगन्जमा वातावरण मैत्री तथा उर्जा किफायती भवन निमार्ण गरिदै ।
वातावरण मैत्री तथा उर्जा किफायती भवन निर्माण सहजै रुपमा गर्न सकीने एक कार्यक्रमका सहभागि बक्ताहरुले बताएका छन् । भवन निमार्ण गर्दा प्रयोग गरिने ईट्टाको माध्यमबाट पनि थुप्रै उर्जा बचत गर्न सकिने कार्यक्रमका वक्ताहरुले बताएका हुन् ।ईट्टाबाट मात्रै पनि भवनको उर्जा खपतलाई झण्डै ३० देखि ४० प्रतिशतसम्म बचत गर्न सकिने बिल्डिङ ईनर्जी इफिसियन्सी इन नेपालका अभिषेक कर्णले बताए ।
युरोपियन युनियनको सहयोगमा स्वीच एशिया ग्रान्टस कार्यक्रम मार्फत बिल्डिङ्ग इनर्जी इफिसियन्सी इन नेपाल बीन परियोजनाले नेपालमा उर्जा दक्षताको लागी हलो ब्रिक प्रविधिको प्रर्वद्धनको सुरुवात गरिएको परियोजनाका इञ्जिनियर कर्णले जानकारी दिए । नेपालको बाग्मती, लुम्बिनी र गण्डकी प्रदेश गरी ६० वटा स्थानीय तहमार्फत उर्जा दक्षता वृद्धिको कार्यक्रम सञ्चालन गरेको समेत कर्णले जानकारी दिए ।
भवन निमार्ण गर्दा वातावरण मैत्री र उर्जा दक्ष भवनका बारेमा सबैलाई जानकारी हुनु आबश्यक रहेको समेत कर्णले जानकारी दिए । उर्जा दक्ष भवन निमार्ण कसरी गर्ने भन्ने बारेमा घर निमार्ण गदै आएका डकर्मीहरुलाई तालिम समेत बिभिन्न क्षेत्रमा गएर आफुहरुले तालिम समेत प्रदान गदै आएको कर्णले जानकारी दिए ।
अब बन्ने घरहरु उर्जा मैत्री हुनुपर्ने बिगत लामो समय देखि भवन निमार्णको काम गदै आएका अब्दुल गणेश शेखले बताए । यो तालिमले आफुलाई भवन निमार्ण गर्ने प्रबिधिका बारेमा जानकारी पाएको र अब बन्ने घरहरु वातावरण मैत्री हुनुपर्ने शेखले बताए ।
यस्तै नेपालगन्जमा पहीलो पटक उर्जा दक्ष भवन आफुले निमार्ण गर्न लागेको नेपालगन्जका पत्रकार कृष्ण अधिकारी जानकारी बताए । नेपालगन्ज एकदमै गर्मी हुने ठाउँ भएकाले आफ्नो घर वातावरण मैत्री रुपमा निमार्ण गर्न लागेको उनले बताए । घरमा कुन ठाउँ बाट शुर्यको किरण पर्छ ,त्यो ठाउँमा कस्तो झ्याल राख्ने , कस्तो घर निमार्णका सामाग्रीहरु प्रयोग गर्ने भन्ने बारेमा जानकार हुनुपर्ने उनले बताए । अब बन्ने घरहरु उर्जा प्रबिधि मैत्री र वातावरण मैत्री हुनुपर्नेमा उनले जोड दिए ।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!