बसोबास महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ वार्षिक साधारण सभा सम्पन्न।
स्थानीय
कुशे औंसी: बाबाको महत्त्व र सामाजिक सम्मानको नयाँ परिभाषा।
आज हिन्दू धर्मअनुसार भाद्रकृष्ण औंसीको अवसरमा घरघरमा पवित्र कुश भित्र्याएर कुशे औंसी पर्व मनाइँदैछ।
सनातन वैदिक हिन्दू धर्मावलम्बीहरू यो पर्वलाई विशेष सम्मानका साथ घरघरमा गरिने देवकार्य र पितृकार्यका लागि भगवान विष्णुको अवतार मानिने कुशलाई पूजा गरेर मनाइने गरिएको हो
कुशे औंसीको अवसरमा बाबाको सम्मान: सामाजिक सन्देश रमहत्त्वका अवसरमा बाबालाई श्रद्धा अर्पण गर्ने परंपराले समाजमा गहिरो सन्देश ल्याएको देखिएता पनि यस पर्वले बाबाको भूमिकालाई मान्यता दिने मौका प्रदान गर्छ, जसले परिवारको सुरक्षा र निर्देशनमा महत्वपूर्ण भूमिका निभाउँछ।
यो पर्वले सन्तान र बाबाको सम्बन्धलाई सम्मान र प्रेमले सिँगार्ने अवसर हो तर परम्परागत रूपमा, आमा पृथ्वी र बाबा आकाशको प्रतीकका रूपमा मानिनु आबश्यक छ किन कि आमा जीवनको आधार र सुरक्षा प्रदान गर्ने तत्व धर्ती हुन् भने, बाबा आकाशको रूपमा जीवनलाई दिशा र सुरक्षा दिने प्रतीक हुन , तर, आजको समाजमा बाबाको भूमिकाको उचित मूल्यांकन कम भएको छ। बाबाको योगदान, जसले परिवारलाई सम्हाल्ने, संरक्षण गर्ने र मार्गदर्शन गर्ने काम गर्छ।
कुशे औंसीको दिन, सन्तानहरूले बाबालाई टीका र मिष्ठान्न अर्पण गरेर सम्मान प्रकट गर्छन्। यो परंपरा केवल सामाजिक सञ्जालमा 'बाबा'को सम्मान गर्न होइन, वास्तविक जीवनमा पनि बाबाको प्रति सम्मान र माया प्रकट गर्न महत्त्वपूर्ण छ। फेसबुकमा बाबाको सम्मान गर्ने शब्दहरू यथार्थमा परिणत गर्नु आवश्यक छ। यस पर्वले सन्तानलाई बाबासँगको सम्बन्धलाई अझ गहिरो रूपमा आत्मसात गर्न र जीवनभरको स्नेह, संरक्षण र बलिदानको सम्मान गर्न प्रेरित गर्छ।
कुशे औंसीको दिनले बाबाको अपार प्रेमको कदर गर्दै समाजलाई स्थिरता र नैतिकता प्रदान गर्न प्रोत्साहित गर्छ। यो पर्व केवल एक दिनको उत्सव नभइ, जीवनको सम्पूर्ण शैलीमा बाबाको स्नेह, शिक्षण र अनुशासनलाई स्वीकार गर्ने अवसर हो।
यसरी, कुशे औंसीको महत्त्वलाई हरेक दिनको जीवनशैलीमा उतारेर, बाबालाई जीवनको आकाशको रूपमा स्वीकार गर्नु आवश्यक छ। यसले समाजलाई एक सशक्त पारिवारिक संरचना निर्माण गर्न मद्दत गर्नेछ, जसले भावी पीढीलाई स्थिर र सशक्त बनाउन मद्दत गर्नेछ।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!