स्थानीय

बाल सुधार गृहमा "समुदाय-प्रहरी साझेदारी" कार्यक्रम सम्पन्न।

Samayapati

बाँके,  नौबस्ता, बाँकेको बाल सुधार गृहमा "समुदाय-प्रहरी साझेदारी" कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

बालकहरूको सृजनात्मकता र साहित्यिक क्षमताको विकास गर्दै समाजमा उनीहरूको पुनर्स्थापनाका लागि वातावरण निर्माण गर्नु आजको आबश्यक्ता हो।

कार्यक्रमको अध्यक्ष बाल सुधार केन्द्रका प्रमुख श्याम बहादुर रानाको अध्यक्षतामा कार्यक्रमका प्रमुख अतिथि ज्ञानोदय पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले ब्यानर पढेर  उद्घाटन  गरेका थिए। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि भट्टराईले बालकहरूको सृजनशीलताप्रति आफ्नो खुशी व्यक्त गर्दै भने, "यी बालकहरूले भविष्यमा साहित्यिक दुनियाँमा ठूलो योगदान पुर्‍याउनेछन्। यस प्रकारका कार्यक्रमहरूले बालकहरूको आत्मविश्वास वृद्धि गर्ने मात्र होइन, समाजलाई पनि उनीहरूको प्रतिभाको पहिचान गराउने अवसर प्रदान गर्छ।"

विशिष्ट अतिथि कवि विक्रम सिशिरले बालकहरूको प्रतिभाको प्रशंसा गर्दै भने, "यी सृजनशील बालकहरू भविष्यमा समाजको उज्यालो बन्नेछन्।" उनले बालकहरूलाई प्रोत्साहन गर्दै अगाडि बढ्न आग्रह गरे।

अन्य अतिथिहरू, रेडियोकर्मी भावना पाठकले बालकहरूको प्रस्तुति सुनेर खुशी व्यक्त गर्दै भनिन्, "यस कार्यक्रमले बालकहरूको प्रतिभा उजागर मात्र गरेन, समाजमा पनि सकारात्मक संदेश प्रवाह गर्‍यो।"

कवि रमेश थापा, प्रहरी निरीक्षक नविन शर्मा, र चिकित्सक डा. देवेन्द्र आचार्यले पनि बालकहरूको सृजनशीलताको प्रशंसा गर्दै, उनीहरूलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमहरूको निरन्तरताको आवश्यकता रहेकोमा जोड दिए।

अध्यक्ष श्याम बहादुर रानाले कार्यक्रमको समापन गर्दै, बाल सुधार गृहमा यस प्रकारका कार्यक्रमहरूले बालकहरूको समग्र विकासमा योगदान पुर्‍याउने आशा व्यक्त गर्दै  बालकहरूको सृजनशीलताको प्रशंसा गर्दै, आजको कार्यक्रमको समापनका साथ उत्साहलाई जीवन्त राख्दै कार्यक्रम समापन गरेका थिए। 


प्रकाशित मिति: आइतवार, भदौ १६, २०८१, ०८:४४:००
प्रतिक्रिया दिनुहोस्