बसोबास महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ वार्षिक साधारण सभा सम्पन्न।
स्थानीय
कोहलपुरमा दलित संघर्ष समितिद्वारा तिज मिलन कार्यक्रम उल्लासमय वातावरणमा सम्पन्न।
कोहलपुर, बाँके – ``दलितको एकता आजको आबश्यक्ता´´ भन्ने मुल नाराका साथ दलित संघर्ष समितिले कोहलपुरमा तिज मिलन कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूसँग उल्लासमय तरिकाले सम्पन्न भएको छ।
दलित संघर्ष समिति बाँकेले आजको तिज मिलन कार्यक्रमलाई सामुदायिक एकता र दलित समुदायका अधिकार तथा हितको विशेष प्राथमिकता दिंदै आजको कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रमका अध्यक्ष कृष्ण बि.के. रसाइलीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि कोहलपुर नगरपालिका सामाजिक विकास शाखाका संयोजक ईस्वरी प्रसाद विश्वकर्माले ब्यानर पढेर उद्घाटन गरे। उद्घाटन सत्रमा प्रमुख अतिथि विश्वकर्माले दलित समुदायको अधिकार र सशक्तिकरणका विषयमा व्यापक चर्चा गर्दै, सामाजिक समावेशिता र समान अवसरहरूको सुनिश्चितता गर्न सबैलाई आह्वान गरे। उनले भने, "सामाजिक समानता र न्यायको यात्रा हाम्रो लागि अझै जारी छ, र यसमा दलित समुदायको सक्रिय र सहभागिताको भूमिका अति महत्वपूर्ण रहेको बताएका छन।
विशिष्ट अतिथि कार्यपालिका सदस्य भुप बहादुर दर्जीले समाजमा रहेका विभाजनलाई हटाएर सबैलाई एक साथ ल्याउने आवश्यकताको बारेमा धारणा राखे।"समानता र सहभागिता सामाजिक समृद्धिका आधारस्तम्भ हुन्। तिज जस्तो उत्सवले हाम्रो सामाजिक सम्बन्धलाई बलियो बनाउँछ र समावेशिता प्रवर्धनमा योगदान पुर्याउँछ।"
अतिथि र सोही संस्थाका संयोजक अमर विश्वकर्माले दलित समुदायको समावेशी विकास र अधिकारप्रति जोड दिँदै भने, "समाजको समृद्धि र प्रगतिमा दलित समुदायको अविस्मरणीय भूमिका छ। हामीले यो सुनिश्चित गर्नुपर्छ कि सबैलाई समान अवसर प्राप्त होस्।
" नेकपा (एमाले) बाँके शाखाकी उपसचिव निर्मला सुनारले तिजको अवसरमा समाजका विविध वर्गलाई एकताबद्ध गरि सामाजिक समरसता बढाउनका लागि कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको कुरा उल्लेख गरिन्।
सामुदायिक रेडियो प्रतिबोध एफएमका अध्यक्ष शिव कुमार सुनारले संचार माध्यमको भुमिका दलित समुदायको सामाजिक साक्षरता र सूचनाको प्रवाहमा महत्त्वपूर्ण योगदान भएको र उक्त कार्यक्रमको सफलतामा सराहना प्रकट गरे। अतिथि रेडियो प्रतिबोध एफएमका स्टेशन म्यानिजर हेमन्त बि.क, दलित सेवा संघ बाँकेका अध्यक्ष बुद्ध सुनार, सीता नेपाली , सितला परियार, गङ्ग सुनार , सितला परियार लगायतका अतिथिहरुले पनि दलित समुदायका हक र हितका लागी आ-आफ्ना धारण राखेका थिए, भने विशेष गरि महिला दिदिबहिनीहरुको उल्लेखनीय उपस्थिती रहेको कार्यक्रमको समापन अध्यक्ष कृष्ण बि.के. रसाइलीले गरेका थिए। उनले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै भने, "हामीले यत्रा चलाएको सामाजिक न्यायको बाटोमा निरन्तर लाग्नुपर्नेछ। अब आउने २०८४ को चुनाबमा तिनै तहमा हाम्रो प्रतिनिधित्व हुनेपनेमा जोड दिदै आजको कार्यक्रमले सबैलाई एकता र समानता तर्फ अघि बढ्न प्रेरित गरेको बताएका छन।"
कार्यक्रमको सहजीकरण सोही संस्थाका सचिव डिल बहादुर परियारले गरेका थिए। उनले कार्यक्रमलाई सफल बनाउन सहयोगीहरूको योगदानको कदर गर्दै, भविष्यमा पनि सामाजिक समावेशिता र विकासको पक्षमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!