बाँकेको बैजनाथ ७ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय: शैक्षिक सेवाको नमुना!
स्थानीय
जाजरकोट कुशे ८ निबासी "८४ वर्षीया मष्टा देबताकी धमेनी चन्द्रा रोकायको हेलिकप्टरद्वारा उद्दार" !
जाजरकोट जिल्ला, कुशे गाउँपालिका वडा नं. ८ कफल्ला निवासी ८४ वर्षकी चन्द्रा रोकाय, जो स्व. पृर्थी ब. रोकायकी धर्मपत्नी र पूर्व मष्टा देवताको धमेनी घरको माथिल्लो तलाबाट खस्दा गम्भीर घाइते हुनुभएको छ।
उहाँको गम्भीर चोटपटकको खबर गाउँमा फैलिनासाथ, कुशे गाउँपालिकाका जनप्रतिनिधिहरूले तत्कालै हेलिकप्टर बाट बिरामीको उद्धारको पहल गरेका हुन।
दुर्गम ठाउँ र बिग्रिएको मौसमका कारण समयमा उद्दार गर्न निकै चुनौतीपूर्ण परिस्थिति बाबजुद कमजोर सडक संरचना र वर्षात्को समयमा कच्ची काटो भएकाले यातायातका साधनहरू अवरुद्ध थिए। यी कठिन परिस्थितिहरूको सामना गर्दै कुशे गाउँपालिकाले चन्द्रा रोकायलाई कर्णाली प्रदेशिक अस्पताल, सुर्खेतमा उपचारका लागि हेलिकप्टरद्वारा उद्दार गरेको छ।
कुशे ८ का वडा अध्यक्ष डिल्ली शिहले भन्नुभयो, “चन्द्रा रोकाय हाम्रो गाउँकी सम्माननीय व्यक्तित्व हुनुहुन्छ। उहाँले आफ्नो जीवन मष्टा देवताको सेवामा समर्पित गर्नुभएको छ, जसले गर्दा उहाँप्रति गाउँलेहरूको गहिरो श्रद्धा छ। उहाँको यस अवस्थाले हामी सबैलाई मर्माहत बनाएको छ। त्यसैले, गाउँपालिकाका सबै जनप्रतिनिधिहरूको सहमतिमा तत्कालै हेलिकप्टरद्वारा उद्धारको व्यवस्था गरियो।” वडा अध्यक्ष शिहले थप्नुभयो, “हामीले जुनसुकै कठिनाइको सामना गर्न तयार रहेर यो उद्धारको काम सम्पन्न गर्यौं। गाउँलेहरूको सक्रिय सहभागिता र सहकार्यले पनि उद्धार कार्य सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।”
कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले भन्नुभयो, “हामी कुशे गाउँपालिकाका जनप्रतिनिधिहरू जनताको स्वास्थ्य र सुरक्षाका लागि प्रतिवद्ध छौं। यो घटनाले फेरि एकपटक देखाएको छ कि जब जनताको जीवनको सवाल आउँछ, हामी कुनै पनि साधन र स्रोतको कमी महसुस नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कुशे गाउँपालिका उपाध्यक्ष देविका शिहले भन्नुभयो , “चन्द्रा रोकायको उद्धार हाम्रो समुदायको एकता र सहकार्यको उत्कृष्ट उदाहरण हो। यस घटनाले हाम्रो समुदायको सामाजिक उत्तरदायित्वलाई उजागर गरेको छ। विपद्का बेला जनप्रतिनिधिहरूको उत्तरदायित्व महत्वपूर्ण हुन्छ, र हामीले जनताको सेवामा निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गर्दछौं।”अन्तमा सहभागी सबैले मष्टा देबताको शक्तिले उहाँको स्वास्थ्यमा छिटो सुधार हुँदै जाउस भनी सबैले शुभकामना व्यक्त गरेका थिए।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!