बसोबास महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ वार्षिक साधारण सभा सम्पन्न।
स्थानीय
बाँकेमा २०८०/८१ मा ६६ जनाको मृत्यु, ट्राफिक व्यवस्थापनमा चुनौती।
बाँके, जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख गोपी कृष्ण सुवेदीले आफु बाँकेमा आएदेखी ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनिकरणमा सुधार आएको बताएका छन्।
आफू मुस्ताङबाट सरुवा भएर बाँके आएका सुवेदीले बाँके जिल्लाको मुख्य चुनौती ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरण रहेकोले यसमा आफुले विशेष ध्यान दिने बताएका हुन्।
जिल्ला ट्राफिक कार्यालय कोहलपुरका अनुसार आर्थिक वर्ष २०८०/८१ मा बाँके जिल्लामा सवारी दुर्घटनाका कारण ६६ जनाको मृत्यु भएको छ। उक्त अवधिमा, २२४ वटा सवारी साधन दुर्घटनामा परेका छन् भने, २१२ जना गम्भीर घाइते भएका छन्। गम्भीर घाइते हुनेमा १५० पुरुष, ४७ महिला, ६ बालक, र ९ बालिका रहेका छन्।
सामान्य घाइतेको संख्या १०४ रहेको छ भने १२ वटा पशु चौपायाको पनि मृत्यु भएको छ। सवारी दुर्घटनाको वृद्धि तथा ट्राफिक नियमको उल्लङ्घनले गर्दा कारबाही र राजस्व संकलनमा वृद्धि भएको देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा ट्राफिक कार्यलयले ३३,०७९ वटा कारबाही गरेको छ, जसबाट २४,४२७,००० रुपैयाँ राजस्व संकलन भएको छ। यो अवधिमा मास साइड सेफ्टी (मा.स.से.) अन्तर्गत १,९२० वटा कारबाही गरिएको थियो, जसबाट १,९२०,००० रुपैयाँ राजस्व संकलन भएको छ।
यसैगरी, ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनहरूलाई ट्राफिक कन्फ्रनेन्स अलाउन्स (TCA) अन्तर्गत ११० वटा कारबाही गरिएको छ, जसबाट १,१०,००० रुपैयाँ राजस्व संकलन भएको छ। यसले गर्दा कुल जम्मा २६,३४७,००० रुपैयाँ राजस्व संकलन भएको छ। दुर्घटना रोकथाम र जनचेतना अभिवृद्धिको लागि ट्राफिक कार्यलयले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
आर्थिक वर्ष २०८०/८१ मा २४७८ जनचेतना कार्यक्रम सञ्चालन गरिएको थियो, जसमा १२,९११४८ जना सहभागी भएका थिए। यो तथ्यांकले बाँके जिल्लामा सवारी दुर्घटनाको गम्भीरता र ट्राफिक नियम पालनामा अझै कडाइको आवश्यकता रहेको सुबेदीले समयपाटीलाई स्पष्ट पारेका छन। जनचेतनामूलक कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन तथा सवारी साधनको सही प्रयोगमा सचेतना अभिवृद्धि गर्ने प्रयासले मात्र यस्ता दुर्घटनाहरूको दर घटाउन सकिने पनि उल्लेख गरिएको छ।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!