स्थानीय

जाजरकोट कुशेका मनसुर नेपाली काल्ठेरेको आँखा उपचारको लागि अझै रकम जुट्दै।

Samayapati

जाजरकोट जिल्ला कुशे गाउँपालिका वडा नम्बर ९ का मनसुर नेपाली काल्ठेरेले दुबै आँखा नदेख्ने भएका छन।

निम्ना आर्थिक अवस्थाबाट नाजुक नेपालीले बर्षौ देखि नै अर्काको ज्याला मजदुरी गरेर परिवारको पेट पाल्दै आएका थिए । सयोगबस एक्कासि दुबै आँखा नदेख्ने भएपछि उनी अहिले साहारा बिहिन भएका छन । नेपालीका दुई छोरी एक छोरा र श्रीमती रहेका छन ।

अर्काको मजदुरी गरेर परिवारको पेट पाल्दै आएका नेपाली ओछ्यानमा थला परेपछि अहिले उनको परिवारलाई समस्या परेको छ। सोही समस्यालाई मध्यनजर गर्दै स्थानीय युवा नेता नवीन शिहको पहलमा र स्थानीय युबाहरुको सक्रियतामा नेपालीको आँखाको उपचारका लागी सहयोगार्थ रकम सङ्कलन गरिरहेको स्थानीय युवा नेता शिहले समयपाटीलाई बताएका छन। उनका अनुसार विभिन्न ब्यक्तिहरुबाट निम्नानुसार रकम सङ्कलन भइहरेको बताउछन ।

जसमध्ये कुशे ९ निबासी हाल बिदेशमा रहदै आएका प्रेम रोकाय र नबयुग बिबेकले १००००, कुशे ९ निबासी हाल काठमाडौंमा बस्दै आएका दिनेश रोकायले १००००, कुशे ९ कै छोरी चेली हाल काठमाडौंमा बसोबास गरेकि निर्मला शाहले ५०००, कुशे ९ निबासी बुटवलमा बस्ने खिम रोकायले ५०००, कुशे ८ कफल्लाकी छोरी चेली रोकाय यशा क्षेत्रीले २०००, कुशे ७ का गोबिन्द्र शिहले ११११, कुशे ८ का प्रदिप क्षेत्रीले ५००, भेरी न.पा.५ साल्टाकुराका धरम चन्द्रले १००५, कुशे ९ गैरिखेत निबासी भबिन्द्र बिक्रम शाहिले १५००, कुशे ९ कि छोरी चेली हाल जुम्लाबाट सृजना शिहले १५००, कुशे ८ बिजुली डाडाका दिनेश आर.सीले १०५५, कुशे ८ कि छोरी चेली हाल जुम्ला निबासी गोपि आर.सीले ५००, कुशे ९ पैक घर भइ हाल बिदेशमा रहेका धिरेन्द्र बि.कले २०००, कुशे ९ कि छोरी चेली गोमा शिहले २०००, कुशे ९ पैक निबासी हाल बिदेशमा रहेका के.बि रोकायले ५५७६, कुशे ९ पैक शहरगाउँ निबासी हाल जाजरकोट खलंगामा बस्ने सुशील रोकायले २१११, कुशे ९ मेहेलबिसाउनाकी छोरी चेली हाल जनबिकास मा.बि छेडा गाउँपालिका सुवानाउलीका प्र.अ ममता गिरिले ११११, र भेरी न.पा ४ खलंगा निबासी सुरेश भडेलले १५०५ सहयोग गरेका छन।

नेपालीको उपचारमा सहयोग गर्न चाहाने मनकारी मनहरुले नवीन शिहको सिटिजन बैकमा रहेका खाता वा 9863089265 नम्बरको मोबाईल बैङ्किङमा रकम जम्मा गर्न सकिने बताइएको छ।


प्रकाशित मिति: बुधवार, श्रावण ९, २०८१, १०:४३:००
प्रतिक्रिया दिनुहोस्