स्थानीय

कुशे ९ पैकका मनसुर नेपाली ( काल्ठेरे ) का दुबै अँखाले काम नगर्ने भएपछि मनकारी मनहरुबाट सहयोग जुट्दै।

Samayapati

जाजरकोट जिल्लाको अति दुर्गम बस्ती कुशे ९ पैकका मनसुर नेपाली ( काल्ठेरे ) अँखा नदेख्ने भएका छन ! 

कुशे ९ पैक मान्नेजुर निबासी मनसुर नेपाली ( काल्ठेरे ) का दुबै अँखाले काम नगरेकोले नदेख्ने भएपछि उनी अफ्ठेरोमा परेका हुन ।

निज अति गरिब भएको र जो कि  साझ के खाने अनि बिहान के खाने ? साझ बिहानको छाक टार्न पहिले देखि नै अर्काको ज्याला मजदुरी गरेर खाने भएकोले अहिले  उनीका दुईवटा नै अँखा बन्द भइ नदेख्ने भएपछि अबका दिनहरुमा साझ बिहानको छाक टार्न मुस्किल भएकोले सम्बन्धित  स्थानीय सरकार लगायत सबैको ध्यान जान जरुरी रहेकोले कुशे ९ पैकका स्थानीय युबा नेता नवीन शिहले समयपाटीलाई जानकारी दिएका छन।

स्थानीय युबा नेता शिहका अनुसार मनसुर नेपालीका दुई छोरी र एक छोरा रहेको र श्रीमतीको अबस्था पनि त्यस्तै नाजुक भएकोले त्यो दु:खद अबस्थालाई देख्दा आफ्नो मन नै थाम्न नसकी आफुले सामाजिक संनजाल आफ्नो  फेशबुक मार्फत सम्पुर्णलाई सक्दो सहयोग गर्न अनुरोध गरेपछि कुशेका मनकारी ब्यक्तिहरुबाट सहयोग भइरहेको छ।

जसमध्ये  सहयोग गर्ने मनकारी ब्यक्तिहरु - कुशे ९ निबासी हाल बिदेशमा रहेका प्रेम रोकाय र नबयूक बिबेक अँधिले गरि एकमुष्ट रु १०,०००|_ ( दश हजार रुपैया ) सहयोग गरेका छन। त्यस्तै कुशे ९ कै छोरी चेली हाल  काठमाडौमा बस्ने निर्मला शाहले निजको अवस्थालाई मध्यनजर गरि रु ५०००|_ ( पाँच हजार रुपैयाँ ) सहयोग गरेकी छन । सोही ठाउँ निबासी  अर्का मनकारी ब्यक्ति ( बाटतिका )  खीम रोकायले रु ५०००|_ ( पाँच हजार रुपैयाँ ) सहयोग गरेका छन। अर्की मनकारी कुशे ८ कपल्लाकी छोरी चेली रोकाया यशा क्षेत्रीले रु २००० |_ ( दुई हजार रुपैयाँ ) सहयोग गरेकी छन। त्यस्तै कुशे ९ पैक जाजरकोटका पुर्ब गा.बि.स. अध्यक्ष स्वर्गीय भक्त बहादुर रोकायका जेठा सुपुत्र हाल काठमाडौ बस्दै आएका  दिनेश रोकायले १०,०००|_ ( दश हजार रुपैयाँ ) सहयोग गरेका छन ! अझै पनि अन्य मनकारी ब्यक्तिहरुबाट पनि सक्दो सहयोग गर्न र गरिदिना स्थानीय युबा नेता शिहले सबैमा अनुरोध गरेका छन।

 


प्रकाशित मिति: मंगलबार, श्रावण ८, २०८१, ०७:१९:००
प्रतिक्रिया दिनुहोस्