स्थानीय

रुकुम पूर्वको सिस्नेमा पहिरोले घर पुरिंदा एक जनाको ज्यान गयो, तीन जना घाइते ।

Samayapati

रुकुम पूर्वमा पहिरोले घर पुरिंदा एक जनाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन । सिस्ने गाउँपालिका वडा नम्बर १ दल्ली गैरामा हिजो राति आएको पहिरोले सल्ली बिसौनीका ११ वर्षीय सरगम बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक माधबराज खरेलले जानकारी दिनुभयो ।

उहाँकाअनुसार पहिरोमा त्यही ठाउँका ४० वर्षीय कर्ण बहादुर बुढा, ३८ वर्षीया गम्भा बुढा र ९ वर्षीया तीलसरा बुढा गम्भीर घाइते हुनुभएको छ । घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रहरी नायव उपरीक्षक खरेलले बताउनुभयो । तीनै जना घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ ।

पहिरोमा पुरिएका एक भैँसी, एक पाडो र दुईवटा गोरुको जीवितै उद्धार गरिएको प्रहरीको भनाइ छ ।


प्रकाशित मिति: मंगलबार, असार २६, २०८१, ०१:४७:००
प्रतिक्रिया दिनुहोस्